Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»थारु जातिका विभिन्न परिकार
    breaking news

    थारु जातिका विभिन्न परिकार

    मिलापत्रमिलापत्र५ महिना अगाडि2 Views

    निशा चौधरी
    थारूले मौसम, समय, चाडपर्व, विवाह, पूजापाठलगायत विभिन्न अवस्थामा खाने अनेक परिकार छन् । दैनिक खानेमा भात, दाल, कपुवा, तरकारी आदि हुन् भने चाडपर्वमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, बरिया रहेका छन् । त्यस्तै माछा, गँगटा, घोँगीको परिकार पनि थारूले ज्यादै मिठो मानेर खाने गर्छन् ।

    थारूले खाने परिकारमा धेरै मसला प्रयोग गरिँदैन । सामान्य रूपमा र सजिलै घरमै उपलब्ध हुने लसुन, प्याज, धनियाँ, खुर्सानी आदि प्रयोग गरिन्छ । यसै गरी धेरै दिन राखेर बनाएको अचारभन्दा ताजा चटनी खाने गर्छन् । थारूले सादा खालको खानेकुरा नै बढी खान्छन् ।

    थारूले चाडपर्व तथा अन्य दिनमा खाने परिकार यस प्रकार रहेका छन् :

    ढिक्री

    थारू समुदायमा निकै प्रचलित परिकारमध्येको एक हो ढिक्री । प्रायः सबै पर्व र अवसरमा तयार पारिने भए पनि माघी, दसैँ र तिहारमा भने यो अनिवार्य बनाइन्छ । साथै भोज वा खुसियालीका अवसरमा समेत यो परिकार पकाइन्छ । चामलको मसिनो पिठोलाई पानीमा मुछेर बाफमा पकाइने भएकाले यो छिट्टै पच्ने र स्वास्थ्यवद्र्धक परिकार मानिन्छ । तोरीको साग, सुँगुरको मासु र सिध्रा माछासँग ढिक्री अति नै मिठो हुन्छ ।

    खरिया/बरिया

    खासगरी माघी, अटवारी, कृष्णजन्माष्टमीमा बनाएर खाइने यी परिकार थारू समुदायमा प्रचलित छन् । यसखाले परिकार खासगरी दाङ देउखुरीका थारूले बनाउने गर्छन् । भिजाएर राखेको मासको दालमा लसुन, अदुवा र खुर्सानीको पेस्ट राखी मुछ्ने र कर्कलाको पात अथवा यत्तिकै रोल बनाएर बाफमा उसिनीसकेपछि सेलाएर गोलोगोलो आकारमा काटी तेलमा तार्नु पर्दछ ।

    तारेको टुक्रालाई अचारमा चोपेर वा यत्तिकै खाँदा निकै स्वादिलो हुन्छ । खरिया मासको दालबाट बनाइन्छ भने बरिया चामलको पिठो अथवा अनदीको पिठोबाट बनाइन्छ । यसको प्रमुख विशेषता भनेको रोटी हातले बनाई तेलमा तारेर बनाइनु हो । यसरी तेलमा पकाइएको चिल्लो मोटो रोटीलाई बरिया भनिन्छ । यस खालको रोटी अटवारी, माघी, फागु आदि चाडमा र विवाहमा पनि बनाइनुका साथै खान मन लागेका बेला जहिले पनि बनाउन सकिन्छ ।

    घोँगी/माछा

    थारू समुदायमा घोँगीको परिकार निकै प्रचलित छ । यो नेपालभरिका थारूले खाने स्वादिष्ट र पौष्टिक तत्वले भरिपूर्ण गुणकारी परिकारमा पर्छ । थारूले तराईको हैजा, बिफर जस्ता महामारीसँग लड्न सक्ने क्षमता पनि यस खानाबाट पाएको देखिन्छ । थोरै चामलको पिठो हालेर पकाउँदा घाेँगी स्वादिष्ट हुन्छ । अचेल घोँगीको परिकार थारूको मात्र होइन गैरथारूको पनि मनपर्ने परिकार बनेको छ । कतिपय रेस्टुरेन्टमा घोँगीको परिकारसमेत पाइन थालेको छ ।

    त्यसै गरी थारू माछा खानमा ज्यादै सोखिन हुन्छन् । त्यसैले थारू बाह्रैमास घरको कामधन्दा सकेर हेल्का र डिल्या बोकेर नदी खोलामा माछा मार्न जान्छन् । दसैँमा पिट्टर दिनलाई अनिवार्य रूपमा सुकेको माछा आवश्यक पर्दछ ।

    मुसाको चटनी

    थारू समुदायमा मुसाको चटनी अथवा मासु स्वाद मानेर खाइन्छ । पश्चिम तराईका थारूले प्रायः मुसा खाने गर्छन् । सबैले मुसाको मासु खान्छन् भन्ने छैन, कसैले खाँदैनन् पनि । धान र गहुँ काट्ने बेलामा अन्न खाएर खेतमा भएको मुसा मारेर पकाई खाइन्छ । मुसाको चटनी वा मासु मेला महोत्सवमा पनि राख्ने गरिएको छ ।

    कपुवा

    थारू जातिको प्रचलित परिकारमध्ये कपुवा पनि एक हो । सामान्य दिनमा थारूको घरमा प्रायः दालको विकल्पका रूपमा कपुवा बनाई खाने गरिन्छ । चामलको पिठोबाट बनाइने तिहुनलाई कपुवा भनिन्छ । यसमा अमिलो पदार्थ जस्तै आमिललर्चा जिल्बुललर्चा राखेर बनाउन पनि सकिन्छ । यसले खाना रुचाउने काम गर्दछ । साथै पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्दछ ।

    ठेसौरा

    छोरा जन्मेको पाँचौँ वा सातौँ दिनमा घटवाकर्म सकेको दिन ठेसौरा पूजा गर्ने चलन रहेको छ थारू समुदायमा । चामलको पिठोलाई खैरो हुने गरी भुटेर गुलियो पदार्थ मिसाई अलि अलि पानी राख्दै डल्लो बनाई देउताको पूजा गरी खुसियालीका रूपमा वा प्रसादका रूपमा छरछिमेकीलाई ठेसौरा बाँड्ने चलन रहेको छ । ठेसौरा पूजा गर्दा बच्चाको दुष्टात्मा कमजोर हुने र बच्चा बिरामी नहुने भन्ने मान्यता रहेको पाइन्छ थारू समुदायमा ।

    जाँड/दारु (रक्सी)

    थारू समुदायमा सबैभन्दा जाँड र रक्सी प्रचलित रहेको छ । गाउँघरमा थारूले प्रायः हरेक दिन जाँड पिउने गर्दछन् । चाडपर्वमा विशेष तरिका र सामग्री प्रयोग गरेर तथा अघिपछि सामान्य खालले विविध खालको जाँड रक्सी बनाउने गरिन्छ । जस्तै अनदीको जाँड, विभिन्न स्वादमा रक्सी, झोल जाँड आदि ।

    चामलबाट बनाइने छब्बा जाँडमा अलिकति पानी हालेर वा पानीमा राम्ररी घोलेर पिउन सकिन्छ । जाँडले अलि अलि नसा दिए पनि पेट भर्नुका साथै शीतलता प्रदान गर्दछ । जाँड घरायसी भएकाले त्यति हानिकारक मानिँदैन । थारू समाजमा रक्सीको ठूलो महत्व रहेको छ । हरेक चाडपर्वमा थारूले आफ्नो कुल देउताको पूजा गर्दा घरमा बनाएको रक्सी अनिवार्य रूपमा चढाउनु पर्दछ ।

    मार (माड)

    थारू जातिको भान्सामा पाक्ने एक अर्को परिकार मार पनि हो । यो गर्मी महिनामा बनाइन्छ । चामल र भटमासको गेडा मिसाई धेरै बेरसम्म पकाई मार तयार पारिन्छ । चिसो भएपछि आवश्यक मात्रामा पानी मिसाई माटोको भाँडोमा राखी अर्को दिन घाममा काम गरेर आइसकेपछि नुन खुर्सानी र प्याजसँग मार खाने चलन रहेको छ ।

    फागुनदेखि भदौ महिनासम्म मार ज्यादै खाने गरिन्छ । गर्मी मौसममा यसले शीतलता प्रदान गर्नुका साथै लु लाग्नबाट बचाउँछ ।

    भौँरी

    उब्रेको भात र गहुँको पिठो मुछेर हातले चेप्टो बनाई तावा वा अँगेनामा पकाएको खानेकुरा भौँरी हो । सोझै आगोमा पकाइएकाले खाँदा ज्यादै मिठो हुन्छ । केटाकेटीलाई दिउँसोको खाजा बनाउँदा भौँरी बनाउने चलन थारू समाजमा रहेको छ ।

    थारूले खाने परिकारमा मसला कम हुने भएकाले खाना सुपाच्य हुन्छ । थारूको परिकार यति मात्र नभएर अरू पनि छन् जस्तै मेठौरी, झझरा, बरिया, गँगटाको मासु, सिन्की, फुलौरी भढ्ढीक्वार, पनडुभुक, आमिललर्चा, जिल्बुललर्चा (एक प्रकारको साग) आदि ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ८ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.