Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बन्यजन्तुकाे आक्रमणबाट छ महिनामा छ जनाकाे मृत्यु
    breaking news

    बन्यजन्तुकाे आक्रमणबाट छ महिनामा छ जनाकाे मृत्यु

    मिलापत्रमिलापत्र४ महिना अगाडि4 Views

    बबई (बर्दिया), पुस २१ गते । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् ।

    डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस मध्यसम्म चितुवा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । अघिल्लो आव २०८०/८१ मा मानव–वन्यजन्तु द्वन्द्वका कारण चार जनाले ज्यान गुमाएका थिए भने चालु आव २०८१/८२ को छ महिनामै उक्त सङ्ख्या छ पुगेको छ । जसले गर्दा संरक्षणमा झन् समस्या थपिँदै गएको छ ।

    तथ्याङ्क अनुसार गत साउन ३० गते गुलरिया नगरपालिका–१२, भैँसाहीकी जगतरानी थरुनी, भदौ २९ गते सोही वडाकी कविता मोक्तान, मङ्सिर १२ गते बारबर्दिया नगरपालिका–११ की गोपी थरुनी, पुस २ गते बारबर्दिया नगरपालिका डफैयाका दिनेश थारूको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको थियो । त्यसै गरी पुस ९ गते बारबर्दिया नगरपालिका बैदीकी पवित्रा डाँगी तथा पुस १५ गते मधुवन नगरपालिका–२, कोठियागाउँकी विनिता परियारको वन्यजन्तुको आक्रमणमा परेर मृत्यु भएको हो ।

    स्थानीयवासीका अनुसार पछिल्ला केही वर्षयता निकुञ्जको भित्री क्षेत्रबाट मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्रमा वन्यजन्तुको आक्रमण निरन्तर बढिरहेको छ । मानिसले ज्यान गुमाउँदासमेत सरोकारवाला निकायले प्रभावकारी कदम नचालेको भन्दै पीडित पक्षले गुनासो गरेका छन् । मधुवन नगरपालिका–२, कोठियागाउँका तेजु परियारले वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दाको मृत्यु हुँदा डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकाय मौन बसेको आरोप लगाउनुभयो ।

    यस विषयमा प्रतिक्रिया दिँदै डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले विगतका वर्षको तुलनामा चालु वर्ष मानव मृत्युको दर चिन्ताजनक रूपमा बढेको स्वीकार गर्नुभयो । उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप सतर्कता, पूर्वसूचना प्रणाली र स्थानीय समुदायसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ८ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.