Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»इशानकाे शव अझै अस्पतालमा
    breaking news

    इशानकाे शव अझै अस्पतालमा

    मिलापत्रमिलापत्र४ महिना अगाडि14 Views

    बुटवल, माघ ५ गते । रूपन्देहीको कञ्चन गाउँपालिका अन्तर्गत धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको शव एक महिनादेखि लुम्बिनी प्रादेशिक अस्पतालको शव दाहगृहमा छ । उहाँका आमाबुवाको आँसु अझै थामिएको छैन । ईशानको हत्या भएको बताउँदै परिवारले हत्यामा संलग्नमाथि कारबाही नभएसम्म शव नउठाउने अडान लिएको छ । गत पुस २ गते साँझ करिब ८ बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका ईशान अर्को दिन पुस ३ गते घरनजिकैको नालीमा टाउकोको पछाडि गम्भीर चोट लागेको र बायाँ आँखा फुटेको अवस्थामा मृत भेटिएका थिए ।

    ईशानको घरपरिवारले उहाँको हत्या गरी शव नालीमा फालिएको भन्दै घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने ईशानको फोर्स गाडीको ठक्करबाट मृत्यु भएको बताउँदै आएको छ ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले ईशानको मृत्यु लु. २ ख. ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिएपछि भएको बताउनु भयो । चालकले कसुर स्वीकार गरिसकेका छन् तर प्रहरीको कुरा पत्याउन घरपरिवार तयार छैनन् । ईशानका छिमेकीले समेत गाडीले ठक्कर दिएको भए ईशानको शव माथिबाट ढाकिएको नालीभित्र कसरी गयो भन्ने प्रश्न गर्दै हत्याको आशङ्का गर्दै आएका छन् । हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न दोषी पक्राउ नपरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय कञ्चन रुद्रपुरमा धर्नासमेत दिइसकेका छन् । ईशान शर्माकी दिदी आकृति ज्ञवालीले ईशानको हत्या नै भएको उल्लेख गर्दै प्रहरीले हत्यामा संलग्नमाथि छिटो कारबाही गर्न माग गर्नु भयो ।

    घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै परिवार, आफन्त र छिमेकी निरन्तर आन्दोलित छन् । न्यायको माग गर्दै उनीहरूले शनिबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गको फायरलाइन चोकमा चक्काजामसमेत गरेका छन् ।

    ईशानका बुवा अर्जुन पौडेलले प्रहरीले सवारीसाधनको ठक्करबाट मृत्यु भएको बताए पनि बन्द नालीभित्र शव कसरी पुग्यो भन्ने प्रश्नको जवाफ प्रहरीले दिन नसकेको भन्दै उपल्लो निकायबाट अनुसन्धान गर्न माग गर्दा पनि सुनुवाइ नभएकोमा गुनासो गर्नु भयो । प्रहरीले वास्तविक दोषीलाई जोगाउन नक्कली चालक खडा गरेको बताउनु भयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ८ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ८ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १९ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.