सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

    सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो । कुलमानले दिएको स्पष्टीकरण चित्त नबुझेको र कार्यसम्पादन मूल्यांकनबाट सरकार सन्तुष्ट नरहेकोले उनलाई हटाउने निर्णय भएको तीन मन्त्रीले  बताए । ​

    हितेन्द्र यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका थिए । तर, शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले हितेन्द्रलाई २०७८ साउनमा हटाएर कुलमानलाई पुन: कार्यकारी निर्देशक बनाएको थियो।

    त्यसविरुद्ध हितेन्द्र रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतमा झन्डै चार वर्षसम्म सुनुवाइ भएको थिएन । सर्वोच्चले सुनुवाइ नगरेपछि शाक्य अदालतबाट न्याय नपाई गत महिना अवकाशमा गएका थिए ।

    Share.
    Leave A Reply