Author: मिलापत्र

काठमाडौँ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिनुभयो  । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई  पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७,…

Read More

दुबई, चैत ११ गते । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्‍याइएको बताइएको छ, जसले अमेरिका र इरानबिच वार्ता पुनः सुरु गराउन मध्यस्थताको भूमिका खेल्ने सङ्केत दिएको छ । यसैबिच, अमेरिका मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा देखिएको छ । करिब ५० हजार सैनिक पहिले नै क्षेत्रमा तैनाथ रहेका बेला थप करिब एक हजार सैनिक पठाउने तयारी गरिएको छ । साथै, समुद्री सैनिकहरूको ठुलो सङ्ख्या पनि परिचालन गरिँदैछ । यसलाई भविष्यमा आवश्यक निर्णय लिन लचिलोपन कायम राख्ने रणनीतिका रूपमा हेरिएको छ । यद्यपि कूटनीतिक…

Read More

रेसुङ्गा (गुल्मी), चैत १० गते । गुल्मी धुर्कोट गाउँपालिका–५ की ३३ वर्षीय माया सुनार गाउँपालिकाले घर बनाउन थालेपछि निकै खुसी हुनुहुन्छ । अहिलेसम्म राम्रो घर थिएन । चार जनाको परिवार छिमेकी जेठाजुकोमा बस्दै आएको थियो । कमाएर राम्रो घरपरिवारका सपना पूरा गर्ने उद्देश्य बोकेर कतार हिँडेका श्रीमान् नारायण सुनारको तीन वर्षअघि बाटोमै हृदयाघातका कारण ज्यान गएपछि आफूहरूको बिचल्ली भएको सुनारले सुनाउनुभयो । अहिले माया सुनारको काँधमा तीन छोराछोरी लालनपालनको जिम्मेवारी छ । मायाको राम्रो घर बनाउने सपना गाउँपालिकाले पूरा गरे पनि जीविकोपार्जनको उपाय छैन । उहाँले भन्नुभयो, “घरपछि सानोतिनो रोजगारीको अवसर पनि गाउँमै पाउन पाए छोराछोरी हुर्काउन सकिन्थ्यो । अहिले मेलापातको कामले मात्रै परिवारको जोहो चलेको छ । धुर्कोट…

Read More

बुटवल, चैत ९ गते । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सांसद प्रतिनिधि सभामा पठाउने जिल्ला रुपन्देही बनेको छ । प्रतिनिधि सभामा रुपन्देहीबाट १२  सांसदको प्रतिनिधित्व भएको छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिकबाट सात गरी १२ सांसदको प्रतिनिधित्व भएको हो । १३ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै रुपन्देहीमा ११ सांसद भएका छन् । रास्वपाले रुपन्देहीबाट छ जना महिलालाई समानुपातिकबाट सांसद बनाएको छ । त्यसै गरी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक जनालाई समानुपातिकबाट सांसद बनाएका छन् । प्रत्यक्ष र समानुपातिक गरी १३ सांसदमध्ये महिला र पुरुष सांसदको सङ्ख्या पनि करिब बराबर भएको छ । रास्वपाले समानुपातिकमा छ जना सिफारिस गरेकोमा पाँच जना महिला छन् । नेपाली कांग्रेसबाट…

Read More

काठमाडौँ, चैत ८ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि यो सभाकक्ष प्रयोग गर्न लागिएको हो । बहुउद्देश्यीय सभाकक्षमा अहिले कुर्सीको व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामेरालगायत मिलाउने काम तीव्र गतिमा भइरहेको छ । सांसदको शपथ चैत १२ गते गराउने…

Read More

दुबई, चैत ७ गते । मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो । यसैबिच, इजरायलले  इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका…

Read More

काठमाडौँ, चैत ६ गते । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । बिहीबार मुगुको रारा हुँदै जुम्लाको खलङ्गा पुगेर उहाँले निर्वाचन सम्बद्ध सरकारी अधिकारी तथा स्थानीयसँग अन्तरक्रिया गर्नुभयो । आज शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत, मधेस प्रदेशको राजधानी जनकपुर र महोत्तरीको गौशालामा आयोजित कार्यक्रममा उहाँले चुनौतीपूर्ण परिस्थितिका बाबजुद निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थितरूपमा सम्पन्न गराउन खटिएका सुरक्षा अधिकारी, प्रशासनिक कर्मचारी तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उहाँहरूको समर्पण, जिम्मेवारी र…

Read More

सिराज खान नेपालगन्ज, चैत ६ गते । बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि शनिबार बिहानसम्म मेघगर्जन, चट्याङसहित ठुलो हावाहुरी र वर्षाको सम्भावना रहेको सूचना जारी गरेपछि बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर विदा घोषणा गरिएको हो। गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरीका अनुसार तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ। मौसम विभागका अनुसार लुम्बिनी र कोशी प्रदेशका जिल्लामा, नेपालगन्ज र दाङसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासमा ११९ किलोमिटर प्रतिघण्टाको तीव्र हावाहुरी चल्ने…

Read More

काठमाडौँ, चैत ५ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउँदै छ। निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्ने छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी हुनुभएको छ । रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट २५, नेपाली कम्युनिस्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट…

Read More

काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिनुभएको छ । सांसदहरू अब हिजोको जस्तो सामान्य अभियन्ता वा पेसाकर्मी मात्र नरहेको भन्दै उहाँले पदीय गरिमा कायम राख्न आग्रह गर्नुभएको हो । सञ्चार माध्यममा आउन र भाइरल हुन रमाइलो लागे पनि त्यसले पार्ने गम्भीर असरबारे उहाँले सांसदको ध्यानाकर्षण गराउनुभयो । कुनै पनि सार्वजनिक अभिव्यक्ति दिनुअघि पार्टी पंक्तिसँग सरसल्लाह गर्न उहाँले निर्देशन दिनुभयो । सभापति लामिछानेले आफ्ना सांसदलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभयो । जनताले पाउने दुःख र सास्तीको महसुस सांसदले पनि गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले…

Read More