Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बिपन्नलाई स्थानीय सरकारकाे सहयाेग
    breaking news

    बिपन्नलाई स्थानीय सरकारकाे सहयाेग

    मिलापत्रमिलापत्र२ महिना अगाडि8 Views

    रेसुङ्गा (गुल्मी), चैत १० गते । गुल्मी धुर्कोट गाउँपालिका–५ की ३३ वर्षीय माया सुनार गाउँपालिकाले घर बनाउन थालेपछि निकै खुसी हुनुहुन्छ । अहिलेसम्म राम्रो घर थिएन । चार जनाको परिवार छिमेकी जेठाजुकोमा बस्दै आएको थियो । कमाएर राम्रो घरपरिवारका सपना पूरा गर्ने उद्देश्य बोकेर कतार हिँडेका श्रीमान् नारायण सुनारको तीन वर्षअघि बाटोमै हृदयाघातका कारण ज्यान गएपछि आफूहरूको बिचल्ली भएको सुनारले सुनाउनुभयो ।

    अहिले माया सुनारको काँधमा तीन छोराछोरी लालनपालनको जिम्मेवारी छ । मायाको राम्रो घर बनाउने सपना गाउँपालिकाले पूरा गरे पनि जीविकोपार्जनको उपाय छैन । उहाँले भन्नुभयो, “घरपछि सानोतिनो रोजगारीको अवसर पनि गाउँमै पाउन पाए छोराछोरी हुर्काउन सकिन्थ्यो । अहिले मेलापातको कामले मात्रै परिवारको जोहो चलेको छ ।

    धुर्कोट गाउँपालिका–१, नयाँगाउँमा ५६ वर्षीय खुमबहादुर परियारको पनि धुर्कोट गाउँपालिकाले घर निर्माण गरिदिएको छ । अहिले बुढेसकालमा खुमबहादुर एक्लै घरमा हुनुहुन्छ । रोजगारीको लागि भारत गएका बेला खुमबहादुरले उतै बिहे गर्नुभएको थियो । पाँच जना छोराछोरी पनि जन्मिए तर कोही फर्किएर गाउँ आउँदैनन् । २०६६ सालमा आफ्नै घर फर्किएका खुमबहादुरले सानो छाप्रोमा मजदुरी गरेर ज्यान पाल्नुभएको थियो । अहिले घर बनेकोमा परियार खुसी हुनुहुन्छ ।

    गुल्मीको धुर्कोट गाउँपालिकाले गरिब परिवारलाई १२ घर दिने भएको छ । गाउँपालिकाले अहिलेसम्म आवासविहीन भएर विभिन्न अवस्थामा बसोबास गरेका पालिकाका सबै वडाका गरेर १२ गरिब नागरिकका घर निर्माणको अभियान अगाडि बढाएको छ । गत वर्ष दुई घर निर्माण भएका थिए । अहिले बजेट र सङ्ख्या बढाइएको छ । गाउँपालिकाका १, २, ४, ६ र ७ वडामा दुई/दुई जना र ३ र ५ वडामा एक/एक जनाले घर पाउने धुर्कोट गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले बताउनुभयो ।

    अहिलेसम्म छ जनाको घर निर्माणको काम सकिएको छ । अधिकांशको निर्माण कार्य अन्तिम चरणमा रहेको विश्वकर्माले जानकारी दिनुभयो । प्रत्येक व्यक्तिले घर निर्माणबापत दुई किस्तामा चार लाख रुपियाँ प्राप्त गर्ने छन् । पहिलो किस्ता एक लाख र अन्तिम किस्ता तीन लाख गरेर भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।

    घर निर्माण हुने १२ जनामध्ये आठ जना दलित समुदायका छन् । पालिकाभित्रका आफ्ना नागरिक आवासविहीन भएर बस्न नपरोस् भन्ने उद्देश्यले घर निर्माण अभियान सुरु गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो ।

    गाेरखापत्रबाट

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.