Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गरेका छन् । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गरे। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पारे । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि जानकारी दिए । `रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र…
लुम्बिनी, १६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ काे शुक्रबार उद्घाटन गरेेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गर्हाँरे । मुख्यमन्त्री आचार्यले भने,`आजको असमानता, गरिबी, उपभोक्तावाद र पर्यावरणीय संकटजस्ता चुनौतीहरूको सामना गर्न बुद्धको विचार झनै सान्दर्भिक बनेको छ । यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको…
दाङ, १५ जेठ । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो । मुल समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको बताउनु भएको छ । याे उपलब्धि नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट सम्भव भएको उल्लेख गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको…
बुटवल, १४ जेठ । बुटपलकाे देविनगरिस्थित नवीन अाैधाेगिक कद्दरबहादुर रिता माध्यमिक बिधालय र न्यु दुर्गानगरस्थित मायादेवि जनजागृति अाधारभुत बिधालयमा अध्यनरत दुई वालक गत साेमबारदेखि सम्पर्कबिहीन भएका छन् । नविनमा कक्षा ७ मा पढ्ने वर्ष १३ का पवन विक र मायादेवीमा कक्षा ४ मा पढ्ने अभिषेक विक र विगत तीन दिनदेखि सम्पर्कबिहिन भएका हुन् । उनिहरु दुवै बुद्धनगर निवासी हुन् । मायादेवीकी शिक्षिका दिपा विकका अनुसार परिवर्तनका सदस्यहरुले उनिहरुकाे खाेजिकार्य गरिरहेका छन् । पवनका अभिभावक ईन्द्र बिकले वालकहरुकाे खाेजिकार्यमा विद्यालयहरुले पनि सघाउनु पर्ने बताए । विद्यालय पाेशाकमै रहेका उनिहरुकाे खाेजिकार्य जारी राखेकाे भएपनि हालसम्म कुनै उपलब्धि नभएको ईन्द्रले बताए । तिस्वरमा…
बुटवल, १४ जेठ । बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो । प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमान सुजन काेइरालाले बुधवार बिहान ४ बजेतिर हत्या गरेको जनाईएकाे छ । स्थानीयले घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको बताएका छन् । स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् । हत्या हुनेमा ३१ बर्षीया दिपा बस्याल र उनका छोरी ७ बर्षीया स्नेहा बस्याल र ४ बर्षीया…
बुटवल, १३ जेठ । बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ। भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो। जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरुसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्राउनका लागि साझा पहल थाल्ने गरी छलफल गरेको छ। स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, वाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग…
काठमाडौं , १३ जेठ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति समिति सदस्य एवम पूर्वमन्त्री रेखा शर्माले अरुका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् । कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौं गरेको पिसिएन सम्बाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘गणतन्त्र सानो तिनो दुखले आएको होइन । यसमा जनताको ठुलो योगदान छ माओवादीका लागि गणतन्त्र रगतले लेखिएको हो । राजनीतिक विचारले मात्रै होइन भावनात्क हिसावले पनि हो ।’ पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी माओवादी नेता शर्माले कतिपय साना तिना कमजोरीलाई हेरेर गणतन्त्रमाथी प्रश्न उठिरहेको…
काठमाडौँ, १२ जेठ । नेपालको सातवटै प्रदेशको सिर्जनशीलतालाई एकैठाउँमा राखि राष्ट्रिय ललितकला प्रदर्शनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहि जेठ १५ गते देखि ३० गतेसम्म शुरु हुन लागेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ बारे सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । प्रदर्शनीमा सातै प्रदेशका पाँच सय एकहत्तर जना कलाकारका कुल छ सय छवटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला र अन्य सिर्जनात्मक विधाहरूको संरक्षण, प्रवर्द्धन र समृद्धिलाई लक्ष्य गर्दै आयोजना गरिएको यस प्रदर्शनीलाई देशकै सबैभन्दा ठूलो ललितकला महोत्सवका रूपमा लिइएको छ। प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मा सहभागी कलाकारहरूका कलाकृति छनोट…
रुपन्देही, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा…
कुश्मा, ९ जेठ गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा प्रदेश अस्पताल तथा जिल्लाका १८ सामाजिक, शैक्षिक, व्यवसायिक र नागरिक संस्थाहरूको संयुक्त अभिनन्दन गरिएको छ। जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग )जनजागरण अभियानअन्तर्गत पर्वतमा आयोजित जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डलाई सामाजिक न्याय, स्वास्थ्य पहुँच, समावेशीता तथा गणतन्त्र स्थापनामा पुर्याएको योगदानको कदरस्वरूप अभिनन्दन पत्र प्रदान गरिएको हो। अभिनन्दन पत्रमा उल्लेख गरिएअनुसार, प्रचण्डको दीर्घकालीन राजनीतिक संघर्षले गणतान्त्रिक नेपालको आधारशिला तयार पारेको र शान्ति प्रक्रिया, संविधान निर्माण तथा समावेशी लोकतन्त्र संस्थागत गर्न निर्णायक भूमिका खेलेको स्मरण गरिएको छ। साथै, प्रदेश अस्पताल–कुश्मालाई भविष्यमा “गणतन्त्रका…
