Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    १० घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»गणतन्त्रलाई मिलेर संस्थागत गर्नुपर्ने
    breaking news

    गणतन्त्रलाई मिलेर संस्थागत गर्नुपर्ने

    मिलापत्रमिलापत्र११ महिना अगाडि40 Views

    दाङ, १५ जेठ । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो ।

    मुल समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको बताउनु भएको छ । याे उपलब्धि नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट सम्भव भएको उल्लेख गर्नु भएको छ ।

    मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले लुम्बिनी प्रदेश सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले त्यस दिशामा प्रतिबद्धतापूर्वक काम गरिरहेको बताउनुभयो ।

    मुख्यमन्त्री आचार्यले अघिल्ला पुस्ताको योगदानको कदर गर्दै भावी पुस्तालाई समावेशी, समतामूलक र आत्मगौरवयुक्त समाज हस्तान्तरण गर्ने संकल्प गर्नुपर्ने धारणा राख्नुभयो ।

    प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिनुभयो । उहाँले राजनीतिक संघीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय संघीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेकाे धारणा व्यक्त गर्नुभयो ।

    पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको उल्लेख गर्दै यसको लक्ष्य विकास भएको बताउनुभयो । उहाँले अधिकार प्रदेशमा हस्तान्तरण गर्न संघीय सरकारको प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो`संघीय सरकार मुठ्ठी कसेर बस्नु हुँदैन । अधिकार दिन मुठ्ठी फुकाउनु जरुरी छ ।´

    विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकार मात्र नभई कर्तव्यको अभ्याससमेत आवश्यक रहेको धारणा राख्नुभयो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सञ्चालन बरिस्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गर्नुभएको थियो ।

    Related Posts

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    १० घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि742 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    breaking news १० घण्टा अगाडि

    काठमाडौँ,  वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म  काठमाडौँ जिल्ला अदालतमा दुई…

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.