Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन शुरु
    breaking news

    लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन शुरु

    मिलापत्रमिलापत्र१२ महिना अगाडिUpdated:१२ महिना अगाडि7 Views

    लुम्बिनी, १६ जेठ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ काे शुक्रबार उद्घाटन गरेेका छन् ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गर्हाँरे ।

    मुख्यमन्त्री आचार्यले भने,`आजको असमानता, गरिबी, उपभोक्तावाद र पर्यावरणीय संकटजस्ता चुनौतीहरूको सामना गर्न बुद्धको विचार झनै सान्दर्भिक बनेको छ । यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको छ ।´

    उहाँले लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जानकारी समेत दिए । `यस सम्मेलनले ती योजनाहरूलाई मूर्त रूप दिन योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु । लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ । तसर्थ, लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,´ मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

    सम्मेलनबाट प्राप्त हुने विचार, सुझाव र निष्कर्षहरूले केवल लुम्बिनी प्रदेशलाई मात्र नभई सम्पूर्ण मानव समाजलाई समुन्नत, न्यायपूर्ण र दिगो आर्थिक विकासतर्फ उन्मुख गराउने मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरे ।

    सम्मेलनको उद्देश्य बौद्ध शिक्षाको प्रचारप्रसारसँगै लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति र आर्थिक विकासमा योगदान पुर्‍याउनु रहेको छ । बौद्ध धर्मका सिद्धान्तमा आधारित रही स्थायी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यका अवसरबारे सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।

    सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञ, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.