Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
सिद्धार्थनगर, असोज ६ गते । रुपन्देहीको भैरहवामा ‘दसैँ सस्तो बजार– २०८२’ हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले असोज ८ देखि १२ गतेसम्म सिद्धार्थनगर नगरपालिका–१२ स्थित संघको परिसरमा बजार सञ्चालन गर्न लागेको हो । सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पाँचदिने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहने बताउनुभयो । भैरहवा क्षेत्रका उपभोक्ता तथा अवलोकनकर्ताहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा र ५० देखि ६० लाख रुपियाँसम्मको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । आम उपभोक्तालाई सस्तो,…
रुपन्देही, असाेज ५ गते । जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित घरमा आन्दोलनकारीले आगजनी गरेपछि उहाँकी श्रीमती दीपा आचार्य दाङस्थित मुख्यमन्त्री निवासमा बस्न बाध्य हुनुभएको छ । पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङको डुम्रीगाउँस्थित घरमा आगजनी भएको छ । वृद्ध आमालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने चौधरी परिवार आफन्तकहाँ शरण लिएर बस्न बाध्य भएका छन् । कपिलवस्तुको भडसामा रहेको कांग्रेस नेता दीपकुमार उपाध्यायको पुख्र्यौली घर, माओवादी नेता चक्रपाणि खनाल, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पूर्वमन्त्री बलराम अधिकारी र…
अर्घाखाँची , असाेज ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिकाे स्थलगत अनुगमन गर्नुभएको छ । शनिबार गृहजिल्ला अर्घाखाँची आइपुग्नुभएका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत अनुगमन गर्नुभएको हो । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका कार्यालयमा आगजनी भएको थियो । सरकारी कार्यालयहरूको सेवा प्रवाह तत्काल सुचारु गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले चासोका साथ छलफल गर्नुभएको छ ।`अब सेवा प्रवाह कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । अस्थायी संरचना होस् या त्रिपाल…
संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय कायालय पेरिसडाँडामा राखेको धारणा ११ औँ संविधान दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र भर्खरै सम्पन्न जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, जनयुद्धका बेपत्ता, घाइते, अपाङ्ग योद्धा तथा सम्पूर्ण आन्दोलनका बेपत्ता र घाइतेहरू प्रति पार्टी तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आजको यस ऐतिहासिक दिनमा विशेष गरी जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका र घाइते भएका साथीहरूलाई म स्मरण गर्न चाहन्छु। शहीदहरू प्रति हामीले हिजो पनि श्रद्धाञ्जली व्यक्त गरेका थियौं र आज पनि गरिरहेका छौँ। ती सम्पूर्ण घाइते योद्धा, विद्रोहीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।…
काठमाडौं, असाेज ३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन् । यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गनेै सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान…
आदरणीय जनसमुदाय र जेन–जी युवाहरु, हजारौं शहिदको बलिदान अनि लाखौं नागरिकको त्याग र तपस्यापछि लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले दश वर्ष पूरा गर्दै छ । जनता आफैंले आफ्नो सम्प्रभुता स्थापित गरेको यो ऐतिहासिक संविधान नेपाली जनताको अविच्छिन्न आन्दोलनको उपलब्धि र जनक्रान्तिको दस्तावेज हो, जसको पृष्ठभूमिमा जनयुद्ध र शान्तिपूर्ण जन आन्दोलनको फ्युजन छ । भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ । आजको दिन भर्खरैको जेनजी आन्दोलनदेखि लोकतन्त्रका लागि भएका सबै क्रान्ति र आन्दोलनहरुमा जीवन उत्सर्ग गरेका बीर शहिदप्रति हार्दिक श्रद्धाञ्जली । बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछौं । र, त्यो बलिदानका उपलब्धि…
खजुरा, असोज २ गते । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा दुई सय ५३ भौतिक संरचनामा तोडफोड तथा आगजनी भएको छ । इन्सेकले सङ्कलन गरेको क्षतिको विवरण अनुसार प्रदेशमा एक सय ४७ वटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरु र ६८ वटा निजी सम्पत्ति गरी दुई सय ५३ संरचनामा तोडफोड तथा आगजनी भएको हो । लुम्बिनी प्रदेशअन्तर्गतका १२ जिल्लामध्ये बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्युठान, कपिलवस्तु, रुपन्देही, गुल्मी र नवलपरासी जिल्लामा आन्दोलनका क्रममा भौतिक संरचना तथा सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको छ भने रोल्पा, पाल्पा, रुकुमपूर्वमा भने कुनै क्षति नभएको पाइएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतका…
बुटवल, असोज १ गते । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्रमा चुरे पहाडमाथिबाट लेदोसहितको ढुङ्गा खस्दा स्थानीय चिन्तित बनेका छन् । केही दिनदेखि उक्त क्षेत्रमा ठुलो पानी पर्दा चुरेमाथिबाट लेदोसहित ढुङ्गा खस्न थालेको छ, जसका कारण पहिरो बस्तीसम्मै आउने चिन्तामा स्थानीय ज्योतिनगर क्षेत्रका बासिन्दा रातिमा निदाउन समेत नसकेको बताएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकालले ठुलो पानी परेको बेला लेदोसहित चुरेमाथिबाट ढुङ्गा खस्ने गरेको भए पनि अहिलेसम्म घरमा क्षति नगरेको बताउनुभयो । उहाँले ज्योतिनगर क्षेत्रमा पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो । ज्योतिनगरका स्थानीय लक्ष्मी पाण्डेले ज्योतिनगरको पहिरोले धेरै वर्षदेखि झस्काउँदै आएकाले आफूहरू…
रुपन्देही, भदौ ३१ गते । रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो । प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयकोे पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यावश्यक सेवा सुरु गरेका छौँ, धेरै सेवा अनलाइन माध्यमबाट प्रदान गरिरहेका छौँ, पार्किङमा ल्यापटप र प्रिन्टर राखेर हाम्रा करदातालाई दिनुपर्ने सेवा दिन सुरु गरेका छौँ ।” इन्टरनेट र बिजुली व्यवस्थापन गरेर न्यूनतम साधनस्रोत र उपलब्ध कर्मचारीबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । सम्पूर्ण सेवा सञ्चालन गर्न सम्भव नभएकाले केही…
