Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»भैरहवामा दशै बजार शुरु
    breaking news

    भैरहवामा दशै बजार शुरु

    मिलापत्रमिलापत्र७ महिना अगाडि11 Views

    सिद्धार्थनगर, असोज ६ गते । रुपन्देहीको भैरहवामा ‘दसैँ सस्तो बजार– २०८२’ हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले असोज ८ देखि १२ गतेसम्म  सिद्धार्थनगर नगरपालिका–१२ स्थित संघको परिसरमा बजार सञ्चालन गर्न लागेको हो ।

    सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले  पाँचदिने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहने बताउनुभयो ।

    भैरहवा क्षेत्रका उपभोक्ता तथा अवलोकनकर्ताहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा र ५० देखि ६० लाख रुपियाँसम्मको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

    आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशीतथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दसैँ, तिहार, छठ लगायतका महानपर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

    ‘उपभोक्ताको सहजता र सुरक्षाका लागि बजार क्षेत्रमा सिसिटिभी जडान, शुद्ध खानेपानी लगायतका सुविधा उपलब्ध गराइनेछ । दसैँ बजारलाई सफल बनाउन उद्योगी–व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय तथा सञ्चारकर्मी सबैको सक्रिय सहभागीताका लागि विशेष अनुरोध गर्दछौं,’ उहाँले भन्नुभयो।

    संघले भैरहवामापहिलोपटक वि.सं. २०५८ सालमा दसैँ र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दसैँ बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि संघ परिसरमा बजार आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

    संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दशैं सस्तो बजारमा सामानखरिद गर्दा बाहिर बजारभन्दा केही प्रतिशत छुट प्रदान गरिने बताउनुभयो ।

    Related Posts

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    ३ हप्ता अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    breaking news २ घण्टा अगाडि

    नारायण प्रसाद पाण्डेय लोकतान्त्रिक शासन व्यवस्थामा राज्य सञ्चालनको आधार विधि, प्रक्रिया र संस्थागत मर्यादा हो।…

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि

    तिलोत्तमाको वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.