Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»ज्याेतिनगरमा फेरि पहिराेकाे जाेखिम
    breaking news

    ज्याेतिनगरमा फेरि पहिराेकाे जाेखिम

    मिलापत्रमिलापत्र८ महिना अगाडि7 Views

    बुटवल, असोज १ गते । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्रमा चुरे पहाडमाथिबाट लेदोसहितको ढुङ्गा खस्दा स्थानीय चिन्तित बनेका छन् ।

    केही दिनदेखि उक्त क्षेत्रमा ठुलो पानी पर्दा चुरेमाथिबाट लेदोसहित ढुङ्गा खस्न थालेको छ, जसका कारण पहिरो बस्तीसम्मै आउने चिन्तामा स्थानीय ज्योतिनगर क्षेत्रका बासिन्दा रातिमा निदाउन समेत नसकेको बताएका छन् ।

    बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकालले ठुलो पानी परेको बेला लेदोसहित चुरेमाथिबाट ढुङ्गा खस्ने गरेको भए पनि अहिलेसम्म घरमा क्षति नगरेको बताउनुभयो ।

    उहाँले ज्योतिनगर क्षेत्रमा पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो । ज्योतिनगरका स्थानीय लक्ष्मी पाण्डेले ज्योतिनगरको पहिरोले धेरै वर्षदेखि झस्काउँदै आएकाले आफूहरू पानी पर्दा रातिमा निदाउन नसकेको बताउनुभयो । बुटवलका लागि ज्योतिनगर पहिरो विगत २६ वर्षदेखि अभिशाप बन्दै आएको छ । २०५५ साल भदौ २० गते बुटवलको ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिलोपटक पहिरो गएको थियो ।

    चार वर्षअघि २०७८ सालमा पनि ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको थियो । त्यस यताको करिब २६ वर्षदेखि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका स्थानीयले धेरै पटक पहिरोकै कारण विस्थापनको पीडा भोग्दै आएका छन् । सङ्घीय सरकारले पहिरो प्रभावित मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो नियन्त्रणका लागि तारजाली जलाएको छ ।  यो वर्ष मात्रै उक्त क्षेत्रमा सङ्घीय सरकारको करिब तीन करोड रुपियाँ बजेटमा चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि चेकड्याम, रिटेनिङ वाल, ग्याबिन जाली, बक्स कलभर्ट निर्माणको काम सम्पन्न भएको छ ।

    बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ ।

    बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले सङ्घीय सरकारको पहलमा पहिरो नियन्त्रणका तारजालीले तटबन्ध गरे पनि ठुलो पानी पर्दा तटबन्ध नाघेर लेदोसहित ढुङ्गा खसेकाले तटबन्धमा केही क्षति पुगेको बताउनुभयो ।

    बुटवल उपमहानगरले गत वर्ष पनि ग्याबिन जाली लगाउने, खोल्सा सफा गर्ने, पानीको बहाबलाई व्यवस्थित गर्ने जस्ता काम गरेको थियो । संयोजक खड्काले पहिरोबाट सम्भावित जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले डोजर तथा एक्साभेटर तयारी अवस्थामा राखेको बताउनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.