Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
बुटवल, १८ असाेज । जल तथा मौसम विज्ञान विभागले आज १ बजेर ५० मिनेट जाँदासम्म नेपालका कुनै पनि प्रमुख नदीको जलसतह सतर्कता तह पार नगरेको जनाएको छ । विभागले केहीबेर अघि सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशमा हल्कादेखि मध्यम पानी परेको जनाउँदै सतर्कता तह पार नगरेको जनाएको हो । कोशी प्रदेशमा भने हल्का मात्रै पानी परेको जनाएको छ । तर, रातीदेखि भने जलसतहले सतर्कता तह पार गर्ने जनाइएको छ । सूचनामा काठमाडौं बागमती जलाधार र कमला जलाधार केन्द्रमा जलसतह बढ्दै गएकोले रातीदेखि जोखिम बढ्ने जनाइएको छ । यसैबीच सरकारले जाेखिम देखेरअाईतबार र साेमबार सार्वजनिक बिदा दिएकाे…
दाङ, असोज १७ गते । दाङस्थित घोराही उपमहानगरपालिका –१३ का हर्क चौधरीले परम्परागत शैलीमा घरमा लोकल चल्ला पाल्दै आउनुभएकोथियो । गाउँको एकजना दाजुले लोकल भालेलाई बधिया बनाएपछि मासु खानको लागि स्वादिष्ट हुने बताएपछि उहाँले घरमा भएका दुर्इटा भालेलाई बधिया बनाउनुभयो । बधिया भाले बनाएको ६ महिनापछि उक्त बधिया भालेको मासु खाँदा फरक स्वाद भएपछि उहाँले थप अरु भालेलाई बधिया बनाएको बताउनुभयो । ‘दाङमा थारु समुदायमा पहिलेदेखि लोकल भालेलाई बधिया भाले बनाउने चलन रहेछ, उहाँले भन्नुभयोे “आफूले पनि घरमा खानका लागि २–४ वटा लोकल भालेलाई बधिया भाले बनाउँथे तर, त्यसबेला बधिया भालेको बजार थिएन, सायद प्रचारप्रसार नभएरपनि होला ।” पछि आफूले फेसवुकमार्फत…
खजुरा, असोज १५ गते । नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो । तिज, दसैँ तथा तिहार मान्नका लागि लाहुर गएका परदेशीहरु गाउँ फर्कन्थे । सहरबजार गएकाहरु पनि सबैजना गाउँ फर्कन्थे । चाडपर्व संस्कार र संस्कृति तथा परम्परा मात्र नभएर वर्षौँसम्म टाढा भएका साथीभाइसँग र घरपरिवारसँग मिलन र भेटघाट हुने मौका पनि हुने गथ्र्यो । परदेश र सहर बजारबाट गाउँघरमा आएका युवाहरु जम्मा भएर सार्वजनिक स्थलहरुमा पिङ हालेर रमाइलो गर्न विभिन्न तयारी गर्दथे । तिजको गीत तथा नृत्य हुने सार्वजनिक स्थलहरुमा खरले बाटेको ज्युरे…
प्युठान, असोज १३ गते । प्युठान गौमुखी गाउँपालिका अर्खा पैयुँपाटाका मित्र थापाको घर ढुङ्गाले छाएको छ । वर्षौं पहिले हजुरबुवाले बनाएको घर अहिलेसम्म छाउन परेको छैन । एक पटक ढुङ्गाले छाएको छाना लामो समय टिक्ने भएकाले पनि थापाले जस्तै गाउँमा धेरैले ढुङ्गाको छाना लगाएका छन् । तर पछिल्लो समय नयाँ बन्ने घरमा ढुङ्गाको साटो जस्ता पाताले घर छाउने गरिएको छ । आर्थिक रूपमा कम खर्चिलो र सहज हुने भएकाले गाउँमा जस्ताको छानाले घर छाउने गरिएको छ । स्थानीय हेमराज थापाका अनुसार पहिले पहिले खरका छाना र ढुङ्गाको छाना लगाउने गर्दथे । थापाले भन्नुभयो, “बागलुङको दर्लिङ, गुल्मीको अग्लुङबाट ढुङ्गा बोकाएर छाउने गरिन्थ्यो । एक पटक लगाएपछि वर्षौंवर्ष टिक्छ भनेर ।…
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकका मुख्य निर्णय यस्ता छन्ः– – बैठकले अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा “प्रभाकर”ले प्रस्तुत गर्नुभएको पार्टी रूपान्तरण सम्बन्धी महत्वपूर्ण विषयहरू समावेश गर्ने। – बैठकले जनयुद्ध, जनआन्दोलन, जेन–जी विद्रोह लगायतका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेको छ। बैठकले जेन–जी विद्रोहको भावनालाई सम्मान गर्दै पार्टीलाई शुद्धिकरण र पुनर्निर्माण गर्ने। – पार्टीको केन्द्रीय समिति भंग गरिएको छ। आगामी मंसीर मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गर्ने गरी कमरेड प्रचण्ड संयोजक रहने…
पश्चिम नवलपरासी, असोज १० गते । नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै पश्चिम नवलपरासीका विभिन्न टोलहरूमा सम्भावित चोरी र लुटपाटका घटना न्यूनीकरण गर्न नागरिकस्तरमै सुरक्षा गस्ती सुरु गरिएको छ । पछिल्लो समय चोरीका घटनाहरू बढेसँगै प्रहरीको अनुरोधमा र नागरिकको आफ्नै पहलमा गस्ती अभियानले तीव्रता पाएको हो । जिल्लाको सुनवल क्षेत्रमा नागरिक सक्रियता बढेको छ । सुनवल १२ भुमहि, शान्ति टोल सुधार समितिले एक हप्ताअघि पुरै गाउँ भरी लाइट जडान गर्नुका साथै गस्ती सुरु गरेको छ । यो अभियानको दोस्रो हप्ता पुगेको समितिले जनाएको छ । समितिले रातको समयमा सबै टोलवासीलाई अलि चनाखो रहन पनि अनुरोध गरेको छ । यसैगरी, सुनवल १० गैंडाखाल…
पश्चिम नवलपरासी, असोज ९ गते । बुटवल — नारायणगढ सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण मानिने नवलपरासीको दाउन्ने खण्डमा दसैँ अवधिभर यात्रुलाई सास्ती हुन नदिन विशेष तयारी गरिएको छ । सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्यालाई दृष्टिगत गर्दै आवश्यक उपकरणसहितको ‘आकस्मिक मर्मत सम्भार टोली’ लाई चौबिसै घण्टा परिचालन गरिएको हो । नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले दाउन्ने खण्डमा सडक चिप्लो भएर वा भासिएर यात्रुले भोग्नुपरेको सास्तीलाई ध्यान दिँदै यो टोली चौबिसै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । अवरोध तत्काल हटाउनका लागि टोलीमा आवश्यक हेवी उपकरणहरू र प्राविधिक जनशक्ति को व्यवस्थापन गरिएको छ । हेवी उपकरणहरू तर्फ…
रुपन्देही, असमेज ८ गते । पानी तान्ने मोटरमा करेन्ट लागेर रूपन्देहीको गैडहवामा एक दम्पतीले ज्यान गुमाएका छन् । गैडहवा गाउँपालिका-६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी पत्नी ६८ वर्षीया अकालीसिंहको आज बिहान मृत्यु भएको हो । खेतमा लगाएको तरकारीमा सिँचाइका लागि मोटरबाट पानी तान्ने क्रममा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्दा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको हो । सुरूमा पत्नीलाई करेन्ट लागेको र छुटाउन जाँदा रामरतनलाई पनि करेन्टले भेटेको कार्कीले बताए । मोटरको तार पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने…
दाङ, असाेज ८ गते । लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा-सुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले पाउँदै आएको सेवा-सुविधा खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पूर्वसभामुख पूर्णबहादुर घर्ति र पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सेवा-सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गर्नुभएको थियो । २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयका आधारमा पूर्वमुख्यमन्त्री तथा पूर्वसभामुखले सेवा-सुविधा लिँदै आएका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउन प्रदेश…
लुम्बिनी, ७ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताउनुभएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौं पूर्ण बैठकलाई आज बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताउनुभयो । ‘सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन जरुरी छ । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त ढंगले कार्ययोजना बनाएर अघि बढ्न खोजिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूको दबिएको मानसिकता छ । त्यसलाई माथि उठाउन प्रयास गरिरहेका छौं । त्यस मानेमा पनि यदि हामी चुप…
