Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»गाउँमा लाेप हुदै राेटे पिङ
    breaking news

    गाउँमा लाेप हुदै राेटे पिङ

    मिलापत्रमिलापत्र८ महिना अगाडिUpdated:८ महिना अगाडि14 Views

    खजुरा, असोज १५ गते । नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो ।

    तिज, दसैँ तथा तिहार मान्नका लागि लाहुर गएका परदेशीहरु गाउँ फर्कन्थे । सहरबजार गएकाहरु पनि सबैजना गाउँ फर्कन्थे । चाडपर्व संस्कार र संस्कृति तथा परम्परा मात्र नभएर वर्षौँसम्म टाढा भएका साथीभाइसँग र घरपरिवारसँग मिलन र भेटघाट हुने मौका पनि हुने गथ्र्यो ।

    परदेश र सहर बजारबाट गाउँघरमा आएका युवाहरु जम्मा भएर सार्वजनिक स्थलहरुमा पिङ हालेर रमाइलो गर्न विभिन्न तयारी गर्दथे । तिजको गीत तथा नृत्य हुने सार्वजनिक स्थलहरुमा खरले बाटेको ज्युरे (लिङ्गे) पिङ र काठबाट बनाइएको जाँते र चर्खे (रोटे) पिङहरु खेलिन्थे । ती पिङहरु तिहारसम्म हुन्थे । सबैले पिङ खेलेर रमाइलो गर्ने गर्दथे । वर्षमा एक पटक भूँइ छाड्नुपर्ने चर्चा चल्थ्यो ।

    गाउँमा भएका युवाहरु जम्मा भएर हरेक घर–घरबाट सामूहिक रुपमा खर जम्मा गर्ने, जङ्गलमा गएर आवश्यक काठको जोहो गरेर ज्युरे पिङ, जाँते पिङ र चर्खे पिङ बनाउने गर्दथे । गाउँघरमा भएका ठुला वरपीपलका रुखहरुमा खरको ज्युरे पिङहरु हुन्थे । सार्वनिक स्थलहरुमा काठका जाँते र चर्खे पिङहरु हुने गर्दथे । ती पिङहरुले चाडबाडलाई स्वागत गरेको अनुभूति हुन्थ्यो ।

    पछिल्ला केही वर्ष यता रोजगारी तथा अध्ययनको सिलसिलामा हरेक गाउँका युवाहरु बाहिरिन थालेपछि अहिले तराई पहाडका गाउँघरहरुमा पिङ संस्कृति हराउँदै जान थालेको छ । कतिपय ठाउँमा त संस्कार तथा संस्कृति समेत पुस्तान्तरण हुन नसक्दा पिङ लोप हुँदैगएको छ । अहिले पहाडका गाउँहरुमा अपवाद बाहेक पिङ देख्नै पाइँदैन ।

    “केही वर्ष अघिसम्म चाडपर्व सुरु हुने बित्तिकै रौनकता छाउँथ्यो । गाउँका युवाहरु मिलेर घरमा खर जम्मा गर्ने र जङ्गलबाट काठ जोहो गरेर ल्याएर वरपीपलका रुखहरुमा ज्युरे पिङ र मेला लाग्ने सार्वजनिक स्थलहरुमा जाँते र चर्खे पिङ हाल्ने गर्दथे” ऐरावती गाउँपालिका वडा ६ का स्थानीय यामबहादुर गुरुङले भन्नुभयो, “अहिले त गाउँमा युवा पनि छैनन्, रोजगारी र अध्ययनका लागि बाहिर छन्, गाउँका ज्येष्ठ पुस्ताको मृत्यु भइसक्यो, संस्कार र संस्कृति पुस्तान्तरण गर्नका लागि पनि युवा भएनन्, गाउँघरबाट पिङ लोप हुन थाल्यो ।”

    यता सहर बजारतिर भने सोखका कारण ज्युरे (लिङ्गे) पिङ यदाकदा देख्न सकिन्छ । सहरबजारका ठुला होटलहरु, सार्वजनिक चोक चौतारातिर ज्युरे पिङ देख्न पाइन्छ । होटलहरुले चाडबाडका समयमा ग्राहकहरुलाई आकर्षित गर्न र पहाड तथा गाउँतिरबाट विभिन्न पेशा, व्यवसाय, अध्ययन तथा रोजगारीका लागि आएका तर चाडबाडमा आफ्ना थातथलो जान नपाएकालाई लक्षित गरी पिङ राखेको पाइन्छ ।

    आफ्नो सोख पूरा गर्न तथा इच्छा पूरा गर्नका लागि उनीहरु होटलमा बनाइएका ज्युरे पिङ खेलेर रमाइलो गर्नेगरेको पाइन्छ । “हामीले हरेक वर्ष तिज, दसैँ र तिहारलक्षित गरेर होटल परिसरमा लिङ्गे पिङ हाल्छौँ, यो हाम्रो संस्कार र संस्कृति हो, दसैँमा एकछिन भए पनि भुइँ छाड्नुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ” होटल सिद्धार्थ भ्यु नेपालगन्जका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले भन्नुभयो ।

    “ग्राहकलाई आकर्षित गर्न मात्र नभएर संस्कार र संस्कृति बचाउने उद्देश्य हो, परिवारसहित आउनुहुन्छ, केही समय भए पनि पिङ खेलेर रमाइलो गर्नुहुन्छ, नयाँ पुस्तालाई यसका बारेमा जानकारी पनि हुन्छ, पिङ दसैँ आयो भन्ने सिम्बोल हो” उहाँले भन्नुभयो ।

    हुम्लाका दिपेन्द्र भण्डारीलाई दसैँ भन्नेबित्तिकै पिङको याद आउँछ । उहाँ हुम्लामा जन्मिनुभयो । हाल उहाँको परिवार बाँकेको कोहलपुर बस्दैआएको छ । परिवारसँगै उहाँ पनि यतै बसोबास गर्दै आउनुभएको छ । उहाँलाई गाउँमा हुँदाको दसैँको उमङ्गमय माहोलको झल्झली सम्झना आउँछ ।

    “आफू जन्मेको ठाउँ । दसैँको रौनक । साथीहरु मिलेर पिङ खेलिन्थ्यो । रमाइलो गरिन्थ्यो । बहुतै रमाइलो हुन्थ्यो गाउँतिर, चाडबाडका समयमा सबैभन्दा धेरै पिङको याद आउँछ । दसैँ बिदा हुनेबित्तिकै सबैजना साथीहरु मिलेर जङ्गलमा गएर पिङका सामानहरु ल्याइन्थ्यो र पिङ बनाइन्थ्यो ।” दिपेन्द्र भन्नुहुन्छ, “त्यसरी सामूहिकरुपमा पिङ हालेर खेल्दा छुट्टै आनन्द आउँथ्यो, अहिले सम्झना मात्र छ ।”

    सांस्कृतिक परम्परागसँग जोडिएको पिङ संस्कृति पछिल्ला दिनहरूमा आएर बढ्दो आधुनिकतासँगै मनोरञ्जनका लागि थुप्रै साधन थपिँदै जानु, जनशक्ति, स्थान, समय र आवश्यक कच्चा पदार्थहरूको समेत अभाव हुन थालेपछि गाउँघरतिर कमै मात्र लिङ्गे पिङ बनाइन्छ । स्थानीय सरकार, युवा र सर्वसाधारणले संस्कृति संरक्षणतर्फ ध्यान नदिएको देख्दा नेपालीको मौलिकता हराउन थालेको पूर्खाहरुको गुनासो छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ७ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.