Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»चाेरी बढेपछि नागरिकनै गस्तीमा
    breaking news

    चाेरी बढेपछि नागरिकनै गस्तीमा

    मिलापत्रमिलापत्र८ महिना अगाडि3 Views

    पश्चिम नवलपरासी, असोज १० गते । नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै पश्चिम नवलपरासीका विभिन्न टोलहरूमा सम्भावित चोरी र लुटपाटका घटना न्यूनीकरण गर्न नागरिकस्तरमै सुरक्षा गस्ती सुरु गरिएको छ । पछिल्लो समय चोरीका घटनाहरू बढेसँगै प्रहरीको अनुरोधमा र नागरिकको आफ्नै पहलमा गस्ती अभियानले तीव्रता पाएको हो ।

    जिल्लाको सुनवल क्षेत्रमा नागरिक सक्रियता बढेको छ । सुनवल १२ भुमहि, शान्ति टोल सुधार समितिले एक हप्ताअघि पुरै गाउँ भरी लाइट जडान गर्नुका साथै गस्ती सुरु गरेको छ । यो अभियानको दोस्रो हप्ता पुगेको समितिले जनाएको छ । समितिले रातको समयमा सबै टोलवासीलाई अलि चनाखो रहन पनि अनुरोध गरेको छ ।

    यसैगरी, सुनवल १० गैंडाखाल मनकामना टोलबाट पनि चोरको बिगबिगी बढेपछि रात्रीकालीन गस्ती सुरु गरिएको छ । सुनवल–११, मिश्रौली कान्छि टोलमा समेत गाउँलेहरू चोरी नियन्त्रणका लागि गस्ती गर्नेबारे छलफलमा जुटेका छन् ।

    नागरिक गस्ती सुरु भइरहँदा पनि चोरीका घटना रोकिएका छैनन् । सुनवल ३ खैरेनी गाउँमा नेत्र लाल बस्यालको घरमा झ्याल फोडेर चोरी भएको छ । पीडित परिवारका अनुसार चोरले घरबाट सुनको सिक्री र सुनको झुम्का चोरी गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    स्थानीय प्रहरीले चाडपर्वको समयमा चोरी तथा लुटपाटको जोखिम बढ्ने भएकाले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

    पश्चिम नवलपरासीमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ । सम्भावित चोरी, लुटपाट तथा अपराधिक घटनाहरूलाई नियन्त्रण गर्न हतियारसहितको क्रस पेट्रोलिङ टिम परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले दिएको जानकारीअनुसार, विशेषगरी राजमार्ग र हुलाकी राजमार्गमा हुन सक्ने लुटपाटलाई मध्यनजर गरेर यो विशेष गस्ती टोली खटाइएको हो । चाडपर्वलाई सुरक्षित बनाउन विभिन्न युनिटहरूमा कुल ५१३ प्रहरी खटाइएका छन् ।

    सुरक्षाका मुख्य कदमहरू तर्फ सादा पोशाकमा निगरानी, नागरिक सहायता कक्ष,   तत्काल उद्धारका लागि तयारी र नागरिकलाई सुरक्षा गस्तीको अनुरोध प्रहरीले गरेको छ ।

    सादा पोशाकमा निगरानीतर्फ बैंक तथा वित्तीय संस्था, पसल र बजार क्षेत्रहरूको निगरानीका लागि सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

    नागरिक सहायता कक्ष तर्फ यात्रुहरूलाई सहयोग पुर्‍याउन जिल्लाका चार प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यी स्थानहरूमा बर्दघाटस्थित टिसिएन चोक, भूमही, परासीको बाइपास चोक र सीमा क्षेत्रको महेशपुर रहेका छन् ।

    तत्काल उद्धारका लागि तयारीतर्फ दुर्घटना भए तत्काल उद्धारका लागि २७ वटा मोटरसाइकलमा प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।

    नागरिकलाई सुरक्षा गस्तीको अनुरोध पनि प्रहरीले गरेको छ । प्रहरीले नागरिकहरूलाई सम्भावित चोरी र लुटपाटका घटना न्यूनीकरण गर्न नागरिकस्तरमै सुरक्षा गस्ती गर्न अनुरोध गरेको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ७ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १८ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.