Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
तानसेन, कात्तिक २६ गते । पाल्पा दरबारपरिसरको ऐतिहासिक मूलढोकाको पुनर्निर्माण डेढ वर्षदेखि अवरुद्ध बनेको छ । पुरातत्व विभागले अढाई वर्षअघि पुनर्निर्माण सुरु गरेको १७१ वर्ष पुरानो मूलढोका कहिले सम्पन्न हुने हो निश्चित हुन सकेको छैन । मूलढोकाको पुनर्निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा ८१ लाख ९५ हजारमा ठेक्का भएको थियो । सोही ठेक्काबाट मूलढोकाको जग हाल्ने र ढोकाको दुवैतर्फको पर्खाल ठड्याउने काम भए पनि छानो हाल्ने काम अझै बाँकी रहेको छ । दुई वर्षअघिको ठेक्काबाट ७० प्रतिशत काम सकिए पनि ३० प्रतिशत काम गर्न बजेट अभाव भएको भन्दै डेढ वर्षदेखि पुनर्निर्माणको काम अलपत्र छ । पुरातत्व विभागका इन्जिनियर रमेश नेपालीले चालु आवमा मूलढोकाको काम गर्न ५०…
रुपन्देही, कात्तिक २४ गते । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा आउदो १५ मंसिरदेखि २९ गतेसम्म आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना महोत्सव हुन लागेको हो । स्वदेशी उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३०० भन्दा बढी संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिनुभयाे । अहिलेसम्म १५० वटा बुक भइसकेका छन । आइतबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी तिब्र पारिएको जिएमले बताउनुभयाे । फिस टनेल, जल परी, लन्डन ब्रिज आकर्षका रूपमा रहनुका साथै विभिन्न विधाका…
बुटवल, कात्तिक २४ गते । बुटवलमा पहिलोपटक पाँचतारे होटल सञ्चालनमा आएको छ । ३ अर्ब ५० करोड लगानीमा पाँच वर्ष खर्चिएर हायात प्लेस संचालनमा ल्याईएको हो । होटल सञ्चालकले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर सेवा सुरुवात गरिएको जानकारी दिएका हुन् । बुटवल उपमहानगरपालिका–८ मा २५ कठ्ठा क्षेत्रफलमा होटल निर्माण गरिएको छ । ३ अर्ब ५० करोड लगानीमा पाँच वर्ष खर्चिएर नेपाली परम्परागत वास्तुकला र बुद्ध जन्मस्थल लुम्बिनीस्थित सम्पदासित मेल खाने गरी होटलका संरचना तयार गरिएको छ । होटलमा एकपटकमा २ सय ५० जना अट्ने क्षमता रहेको सञ्चालक समिति अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए । होटलमा रूपन्देहीका प्रतिष्ठित उद्योगी पौडेल ,नरिश्वर…
देवदह (रुपन्देही), कात्तिक २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् । जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो । यसमध्ये दुई हजार ५८४ पुरुष र एक हजार ७०४ महिला छन् । नयाँ दर्ता गर्नेमध्ये युवापुस्ता धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता गराउन आउनेमा करिब ८० देखि ९० प्रतिशत युवायुवती छन् । “जिल्ला निर्वाचन कार्यालयले गर्ने नियमित काममध्ये मतदाता नामावली दर्ता…
तानसेन, कात्तिक २१ गते । भक्तजनले चढाएका भेटी गन्न सुरु गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना सुरु भएको हो । चार दिनसम्म चलेको मेलामा सहभागी तीन लाखभन्दा बढी भक्तजन सहभागी भएका थिए । भक्तजनले चढाएका नगद भेटी तथा अन्य जिन्सी दान गणना गर्ने काम सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका पदाधिकारी, तिनाउ गाउँपालिकाका कर्मचारी, स्थानीय प्रहरी प्रशासनको रोहबरमा भेटी तथा दान गणना कार्य भइरहेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । कात्तिक १५ गतेदेखि १९ गतेसम्म सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला लागेको थियो । पहिलो दिन बिहीबार…
बुटवल, कात्तिक १९ गते । बुटवलको सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले सेवा विस्तार गर्ने भएको छ । जापानको आम्दा इन्टरनेसनलको सहयोगमा स्थापना भएको अस्पतालले एक सय शय्याबाट सेवा प्रदान गर्दै आएकोमा अब तीन सय शययामा विस्तार हुने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र जापानको आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सुगेरु सुगानामीबिच अस्पतालको क्षमता बढाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको बताउनुभयो । बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले आम्दा अस्पताल बुटवललाई बालबालिका र महिलाको विशिष्टीकृत अस्पताल बनाउने र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेजका रूपमा स्थापना गर्न प्रयास भइरहेको बताउनुभयो । यसैबिच…
नवलपुर, कात्तिक १७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड झण्डै दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ । नारायणघाट–बुटबल सडक आयोजनाले सोमबार एक सूचना जारी गर्दै पुष १५ गतेसम्म सडक एकतर्फी मात्र सञ्चाल हुने जनाएको हो । केहीदिन अघि आकस्मिक रूपमा भएको निरन्तर वर्षात्ले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाई भएको तथा आगामी दिनहरूमा पुन: वर्षात् भएमा थप समस्या हुने भन्दै झण्डै दुई महिना एकतर्फी सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । यो अवधिमा कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताइएको छ ।…
हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको यथार्थ जगजाहेर छ । परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउछ जसको पहलवाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरुप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिवद्धता व्यक्त गर्दै हामीहरु निम्न सहमतिको निर्णयहरु विज्ञप्तीमार्फत सार्वजनिक गर्दछौं १. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन…
रुपन्देह, कात्तिक १३ गते । नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो । त्यहाँ उनलाई डाक्टर मृत घोषणा गरेको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिए । गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह…
पाल्पा, कात्तिक १२ गते । इभी भ्यान दुर्घटना हुँदा तीन जनाकाे मृत्यु पाल्पाकाे रैनादेवीछहरा-४ मेहलढाँप भित्री सडकमा इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । साे सडक खण्डको पीपलभञ्याङ्ग नजिकै इभी भ्यान बुधबार दिउँशाे दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । घटनामा परी इभी भ्यानका चालक रैनादेवी छहरा-४ का कमल रायमाझी, रैनादेवी छहरा वडा नं. १ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका रामबहादुर गाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
