Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ६ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»आम्दा अस्पताल तीन सय शैयामा बिस्तार
    breaking news

    आम्दा अस्पताल तीन सय शैयामा बिस्तार

    मिलापत्रमिलापत्र५ महिना अगाडि115 Views

    बुटवल, कात्तिक १९ गते । बुटवलको सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले सेवा विस्तार गर्ने भएको छ । जापानको आम्दा इन्टरनेसनलको सहयोगमा स्थापना भएको अस्पतालले एक सय शय्याबाट सेवा प्रदान गर्दै आएकोमा अब तीन सय शययामा विस्तार हुने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र जापानको आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सुगेरु सुगानामीबिच अस्पतालको क्षमता बढाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको बताउनुभयो । बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले आम्दा अस्पताल बुटवललाई बालबालिका र महिलाको विशिष्टीकृत अस्पताल बनाउने र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेजका रूपमा स्थापना गर्न प्रयास भइरहेको बताउनुभयो ।

    यसैबिच बुटवलमा २७ वर्षअघि स्थापना भएको आम्दा अस्पतालले आइतबार वार्षिकोत्सव मनाएको छ । त्यस अवसरमा आम्दा माइन्ड्स जापानका अध्यक्ष सुन्सके सुजुकीको ३२ लाख रुपियाँ एकल लगानीमा अस्पतालमा तीनकोठे शैक्षिक भवन निर्माण भएको छ ।

    उक्त शैक्षिक भवनको अध्यक्ष सुन्सके सुजुकीले वार्षिकोत्सवकै अवसरमा उद्घाटन गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुलीले सीमित  स्रोतसाधनमा आम्दा अस्पताल बुटवलले पहुँचयोग्य र गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । २०५५ असोज २१ गते स्वास्थ्य सेवा विभागबाट स्वीकृति पाएपछि २०५५ कात्तिक १६ बाट अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको थियो र यसै दिनलाई आम्दा बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।

    यस अस्पतालमा रुपन्देहीलगायत कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, रोल्पा, दाङ, रुकुमपूर्व जिल्लाका साथै भारतका विभिन्न स्थानबाट महिला तथा बालबालिका उपचार सेवाका लागि आउने गरेका छन् । उक्त अस्पतालमा बालबालिका र महिलाको उपचार हुने गरेको छ ।

    यसै गरी अस्पतालमा स्वास्थ्य सेवा मात्रै नभएर विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरी बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ, आम्दा इन्टरनेसनल र आम्दा नेपालको संयुक्त सहकार्यमा शैक्षिक सत्र २०८० देखि पारामेडिकल अध्ययनका लागि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन भएको छ ।

    Related Posts

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ६ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि741 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि392 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    breaking news ६ घण्टा अगाडि

    काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने…

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.