Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»दरवारकाे मुलढाेका निर्माणकाे काम अबरुद्ध
    breaking news

    दरवारकाे मुलढाेका निर्माणकाे काम अबरुद्ध

    मिलापत्रमिलापत्र६ महिना अगाडि7 Views

    तानसेन, कात्तिक २६ गते । पाल्पा दरबारपरिसरको ऐतिहासिक मूलढोकाको पुनर्निर्माण डेढ वर्षदेखि अवरुद्ध बनेको छ । पुरातत्व विभागले अढाई वर्षअघि पुनर्निर्माण सुरु गरेको १७१ वर्ष पुरानो मूलढोका कहिले सम्पन्न हुने हो निश्चित हुन सकेको छैन । मूलढोकाको पुनर्निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा ८१ लाख ९५ हजारमा ठेक्का भएको थियो । सोही ठेक्काबाट मूलढोकाको जग हाल्ने र ढोकाको दुवैतर्फको पर्खाल ठड्याउने काम भए पनि छानो हाल्ने काम अझै बाँकी रहेको छ ।

    दुई वर्षअघिको ठेक्काबाट ७० प्रतिशत काम सकिए पनि ३० प्रतिशत काम गर्न बजेट अभाव भएको भन्दै डेढ वर्षदेखि पुनर्निर्माणको काम अलपत्र छ । पुरातत्व विभागका इन्जिनियर रमेश नेपालीले चालु आवमा मूलढोकाको काम गर्न ५० लाख रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो । बजेट परेको भने पनि काम गर्ने विभाागको सुरसार नदेखिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

    तानसेनका स्थानीय बासिन्दा राजेन्द्रगोपाल सिंहले दुई वर्षदेखि मूलढोकाको पुनर्निर्माण कार्य भए पनि सम्पन्न कहिले हुने हो निश्चित हुन नसकेको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रमा विभागले गरेको काममा ढिलासुस्ती हुँदा पर्यटकमा नकारात्मक सन्देश गएको बताउनुभयो । १७१ वर्ष पुरानो मूलढोका तत्कालीत प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले दरबारपरिसरको सुरक्षाका लागि बनाउन लगाएका थिए । विसं १९११ मा दरबारको सुरक्षाका लागि पाल्पा दरबारपरिसर वरिपरि डेढ मिटर चौडाको कडा चट्टानको पर्खाल र भित्र हातहतियारसहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका बनाइएको थियो ।

    उक्त ढोकाबाट सहजै अन्य मानिसभित्र छिर्न तथा कुनै सामान्य आक्रमणबाट भित्र छिर्न नसक्ने गरी बनाइएको थियो । त्यतिबेला आन्तरिक सुरक्षा तथा बाह्य सुरक्षालाई ध्यान दिँदै मूल ढोका तथा दरबार परिसरका संरचना बनाइएको थियो । मूलढोकाको उचाइ पाँच मिटरभन्दा बढी र चौडाइ तीन मिटर रहेको छ । ढोका बनाउन ठुला काठ र ठुला ढुङ्गाको प्रयोग गरिएको छ । जीर्ण मूलढोकाको पुनर्निर्माण कार्य पुरातत्व विभागले गरे पनि काममा सुस्तता देखिएको तानसेन नगरपालिकासमेत सन्तुष्ट छैन । नगरपालिकाका इन्जिनियनर रामप्रसाद श्रेष्ठले विभागले बजेट अभाव जस्ता कारण देखाउँदै मूलढोका पुनर्निर्माणमा ढिलो गरिरहेको बताउनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.