Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बुटवलमा पाँचतारे हाेटल ह्यात
    breaking news

    बुटवलमा पाँचतारे हाेटल ह्यात

    मिलापत्रमिलापत्र६ महिना अगाडि3 Views

    बुटवल, कात्तिक २४ गते । बुटवलमा पहिलोपटक पाँचतारे होटल सञ्चालनमा आएको छ । ३ अर्ब ५० करोड लगानीमा पाँच वर्ष खर्चिएर हायात प्लेस संचालनमा ल्याईएको हो ।

    होटल सञ्चालकले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर सेवा सुरुवात गरिएको जानकारी दिएका हुन् । बुटवल उपमहानगरपालिका–८ मा २५ कठ्ठा क्षेत्रफलमा होटल निर्माण गरिएको छ । ३ अर्ब ५० करोड लगानीमा पाँच वर्ष खर्चिएर नेपाली परम्परागत वास्तुकला र बुद्ध जन्मस्थल लुम्बिनीस्थित सम्पदासित मेल खाने गरी होटलका संरचना तयार गरिएको छ ।

    होटलमा एकपटकमा २ सय ५० जना अट्ने क्षमता रहेको सञ्चालक समिति अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए ।  होटलमा रूपन्देहीका प्रतिष्ठित उद्योगी पौडेल ,नरिश्वर शर्मा पौडेल,भूमिराज पौडेल ,कमल मालपानी र उमाशंकर मालपानी परिवारसँगै ग्लोबल आईएमई बैंक र स्याफ्रोन सिकेको संयुक्त लगानी रहेको छ ।

    पर्यटन लक्षित पूर्वाधार देखेर हस्पिटालिटी क्षेत्रमा लगानी गरे पनि अहिलेको राजनीतिक अस्थिरता लगायत कारणले उत्साहित हुने वातावरण नरहेको अध्यक्ष पौडेलले बताए ।

    होटलको व्यवस्थापन हायात प्लेसले गर्ने तय भएको छ । सन् २००६ मा सुरु भएको हायात प्लेस अहिले विश्वका ४ सय २० स्थानमा फैलिएको छ ।

    होटलमा पाहुनाका लागि सुत्न, काम गर्न र मनोरञ्जनका लागि छुट्टाछुट्टै स्थान रहेका छन् । होटलको वास्तुकला पनि लोभलाग्दो रहेको सञ्चालक पौडेलले बताए । होटल प्रवेशलगत्तै चारवटा वास्तुकला खम्बा रहेका छन् । साथै होटलमा सुन्दर डिजाइनका १ सय ९ कोठा रहेका छन् । अध्यक्ष पौडेलका अनुसार यी कोठालाई स्ट्यान्डर्ड, फरेस्ट भ्यु, हिल भ्यु, बाल्कोनी, एक्जिक्युटिभ स्विट्स र प्रेसिडेन्सियल स्विट गरी ६ श्रेणीमा विभाजन गरिएको छ ।

    ‘दुई तला अन्डरग्राउन्ड पार्किङ सुविधा रहेको होटलको दोस्रो तलामा जिङ रेस्टुरेन्ट रहेको छ,’ उनले भने, ‘यो दिनैभरि खुला रहने रेस्टुरेन्ट हो ।’ रेस्टुरेन्टमा १ सय ४७ जना अट्ने क्षमता छ । उक्त रेस्टुरेन्टको डिजाइन मन्दिरको घण्टी र मायादेवी मन्दिरको इँटाबाट प्रेरित रहेको सञ्चालकले बताए ।

    होटलमा कार्यक्रम सञ्चालनका लागि १ हजार १ वर्गमिटर क्षेत्रफलको सभागृह रहेको छ । यसका साथै बैठक र कर्पोरेट कार्यक्रमका लागि साना–ठूला हल रहेका छन् ।

    होटलमा सुन्दर पौडी पोखरी,पहिलो तल्लामा आधुनिक व्यायामशाला, माटोको घरबाट प्रेरित स्पा तथा ज्याकुजी सुविधा साथै बालबालिकाका लागि खेल्ने ठाउँ पनि रहेको छ । यहां केही समयपछि स्तरीय क्यासिनो पनि सञ्चालनमा ल्याइने छ ।

    Related Posts

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    ३ हप्ता अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    breaking news २ घण्टा अगाडि

    नारायण प्रसाद पाण्डेय लोकतान्त्रिक शासन व्यवस्थामा राज्य सञ्चालनको आधार विधि, प्रक्रिया र संस्थागत मर्यादा हो।…

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि

    तिलोत्तमाको वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.