Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
रुपन्देही, १४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि सांघातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थिरलाल पाण्डेलाई गत शुक्रबार विहान १० बजे तिलोत्तमा वडा नं. ५ निवासी चिनजानका ब्यक्ति वर्ष ५२ का मुकुन्द तिवारीले अत्यावश्यक काम भएको भनी वडाकार्यालयमा बोलाएर तीन जनाले आक्रमण गरेका हुन् । आक्रमणपछि गम्भीर घाईते हुँनुभएका पाण्डे बुटवल ११ स्थित चौराहा अस्पतालमा आईसीयू कक्षमा उपचाररत रहेको परिवारले जनाएका छन् । तिवारीसहित वडा नं. ७ का ४९ बर्षीय बासुदेव भट्टराई र वडा नं. ३ निवासी वर्ष ३२ का अर्जुन भट्टराईले पाण्डेमाथि सांघातिक आक्रमण गरेको वडा नं.…
काठमाडौँ, वैशाख १२ गते । आज वैशाख १२ गते । २०७२ साल वैशाख १२ गते ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई ७.९ म्याग्निच्युटको ठुलो भूकम्प गएको दिनलाई सम्झँदै भूकम्प स्मरण दिवस मनाइँदै छ । त्यो भूकम्पमा परेर आठ हजार ९६२ जनाभन्दा बढीले ज्यान गुमाए । देशका ३२ जिल्ला प्रभावित हुँदा हजारौँ घर भग्नावशेषमा परिणत भए । काठमाडौँको ऐतिहासिक धरहरासहित थुप्रै पुराताìिवक महìवका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू ध्वस्त बने । नेपाल, भारत र बङ्गलादेशलगायतमा तीन लाखभन्दा बढी परिवार घरबारविहीन बनेका थिए । अझै पनि त्यो दिनको सन्त्रास आममानिसमा कायमै छ । जोगिने उपायसँगै सरकारले बनाएको भवन निर्माण मापदण्ड पूर्ण रूपमा लागु नहुँदाको अवस्थामा फेरि भूकम्प जाने हो भने त्यही…
काठमाडौँ, वैशाख १० गते ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहरको पनि सम्भावना देखिएकोले महाशाखाले पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।
बुटवल , वैशाख ९ गते। बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका दुई जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गर्भपतनका क्रममा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि उहाँका आफन्तले दिएको उजुरीका आधारमा थप दुई जना चिकित्सकलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रालि. का सञ्चालक डा. सतिस रूपाखेती छन् । यसअघि इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको थियो । करिब १२ हप्ताकी गर्भवती पाण्डे वैशाख ५ गते श्रीमान्सँग बुटवलको इँटाभट्टास्थित खत्री नर्सिङ होम पुग्नुभएको थियो। खत्री…
भुवन कार्की पाल्पा, ८ बैशाख । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा भेला गरी गाउँ समिति गठन गरेको छ । वडा नं. ६ को जुठा अन्तरगत नेपाने, ७ को बल्ढेङगढी मौलाड र ८ को सत्यवती ज्यामिरेमा गत शनिबार वडा भेला गरी वडास्तरमा कार्यसमिति गठन गरिएको हो । बल्ढेङगढीमा सरोज खड्का सभापति रहेको कार्यसमिति गठन भएको छ । कार्यसमितिको उपसभापतिमा केशव पोखरेल, सचिवमा राजन कुँवर, सहसचिवमा नरबहादुर कार्की र कोषाध्क्षमा सरस्वती क्षेत्री खड्का रहनुभएको छ । त्यस्तै सदस्यहरुमा तेजबहादुर खड्का, मोहनसिंङ कार्की, शान्ता थापा रास्कोटी, नारायण खड्का, तुल्सीराम विक र…
काठमाडौँ, वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ । विसं २०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेदसम्बन्धी फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या एक हजार ९४७ रहेको छ । सर्वोच्च अदालतको २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर ४२ हजार ७३९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा सर्वोच्च अदालतमा ११९ र उच्च अदालतमा एक हजार ५४१ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सोही आवमा ३३ हजार ५० वटा मुद्दा फर्छ्यौट भएकामा नौ हजार ६८९ मुद्दाको छिनोफानो हुन सकेन ।…
काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा त्यस्तो उल्लेख गरिएको हो । सरकारले सार्वजनिक गरेको विभिन्न १८ क्षेत्रको प्रतिबद्धतामध्ये पूर्वाधार क्षेत्रमा त्यस्तो उल्लेख गरिएको हो । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म छिचोल्ने पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अहिले विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । मुलुककै यातायातको ‘लाइफ लाइन’ का रूपमा रहेको यो राजमार्ग विस्तार भएपछि तराई/मधेशसहित देशको आधाभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने विश्वास गरिएको छ । दुई लेन चौडाइ भएको सो राजमार्ग अहिले छ लेन र चार लेनमा विस्तार भइरहेको छ । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक)…
काठमाडौँ, वैशाख २ गते । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उहाँको भनाइ छ । तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन् । पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ । जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको…
रेसुङ्गा (गुल्मी), वैशाख २ गते । गुल्मीमा रेविज रोगको जोखिम न्युनीकरण गर्न ६१६ छाडा तथा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका ६ स्थानीय तहका कुकुरको बन्ध्याकरण गरेर रेबिजविरुद्धको खोप प्रदान गरिएको हो । कालीगण्डकी गाउँपालिकाका १०२, सत्यवतिका ६७, छत्रकोटका ६७, छत्रकोटका २००, रेसुङ्गाका १०६ र मुसिकोट नगरपालिकाका ७४ गरेर २५८ भाले र ३३१ पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । त्यस्तै, ४०९ छाडा तथा सामुदायिक भाले एवं पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेले जानकारी दिनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहहरूको सहयोग तथा हिमालयन एनिमल रेस्क्यिु…
