भुवन कार्की
पाल्पा, ८ बैशाख । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा भेला गरी गाउँ समिति गठन गरेको छ । वडा नं. ६ को जुठा अन्तरगत नेपाने, ७ को बल्ढेङगढी मौलाड र ८ को सत्यवती ज्यामिरेमा गत शनिबार वडा भेला गरी वडास्तरमा कार्यसमिति गठन गरिएको हो ।
बल्ढेङगढीमा सरोज खड्का सभापति रहेको कार्यसमिति गठन भएको छ । कार्यसमितिको उपसभापतिमा केशव पोखरेल, सचिवमा राजन कुँवर, सहसचिवमा नरबहादुर कार्की र कोषाध्क्षमा सरस्वती क्षेत्री खड्का रहनुभएको छ । त्यस्तै सदस्यहरुमा तेजबहादुर खड्का, मोहनसिंङ कार्की, शान्ता थापा रास्कोटी, नारायण खड्का, तुल्सीराम विक र चक्रबहादुर कुँवर चुनिनुभएको छ । पार्टीको अर्को बैठकले कार्यसमिति सदस्य थप गर्ने पनि जनाइएको छ ।
बल्ढेङगढीमा सल्लाहकार समिति पनि निर्माण गरिएको छ । सल्लाहकार समितिमा तुलबहादुर सिंजाली, भुवन कार्की, टिका रास्कोटी, सोमबहादुर रायमाझी, राजकुुमार कार्की, रनबहादुर खड्का र लेखबहादुर जोशी रहनुभएको छ ।

वडा नं. ८ को वडा भेलाले सभापतिमा देउबहादुर रेश्मी, उपसभापतिमा रामबहादुर राना, सचिवमा धनबहादुर बगाले, सहसचिवमा दानकुमारी घिमिरे तथा कोषाध्यमा मिनबहादुर सिंजालीलाई चयन गरेको छ । सदस्यहरुमा ओमबहादुृर रास्कोटी, मिना कुमारी राना, कर्ण राना, चिन्तवीर छहरी, पूर्णकला राना, दिपा छहरी, बेलबहादुर सिंजाली, पूर्णबहादुर राना र किरण राना चुनिनुभएको छ ।
त्यस्तै वडा नं. ६ मा पनि अर्जुन राष्कोटीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । रास्वपाका पाल्पा जिल्ला सभापति विष्णुप्रसाद भण्डारी, उपसभापति सुमन गैरे, रैनादेवि छहरा गापा संयोजक इश्वर पोखरेल लगायतका नेताहरुको उपस्थितिमा गाउँसमितिहरु गठन गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला नेताहरुले सुशासन र समृद्धिको पक्षमा काम गर्ने पार्टीको लक्ष्य अनुरुप गाउँस्तरमा पनि राजनीतिक गतिविधि गर्न निर्वाचित सबैलाई आग्रह गर्नुभयो ।


