Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    दाङबाट देशभर फैलिएको थारु समुदाय

    ६ घण्टा अगाडि

    बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ

    १ दिन अगाडि

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»दाङबाट देशभर फैलिएको थारु समुदाय
    breaking news

    दाङबाट देशभर फैलिएको थारु समुदाय

    मिलापत्रमिलापत्र६ घण्टा अगाडि7 Views

     

    दाङ देउखुरीमा स्वतन्त्र थारू राज्य थियो । राजा पुण्य मल्लको विसं १३९३ को कनकपत्रमा ‘हुम दाङका पेख अडै अधिकारी महर महतो सभौ प्रति’ अर्थात् हुम्लादेखि दाङसम्म प्रेरक्षक, अडै, अधिकारी, मगर महटौँ अर्थात् (थारूको मुख्य) सबैतिर भनेर दाङ र थारूसमेतलाई सम्बोधन गरेकान् (योगी, २०२२ पृष्ठ, ७७१) । यसबाट दाङमा परम्परादेखि नै थारू बस्दै आएको पुष्टि हुन्छ । सुदीप गौतमले दाङ देउखुरी न्यायिक इतिहासमा उल्लेख गर्नुभएको छ ।  ‘थारू’ शब्दको उद्गम थार मरुभूमिसँग सम्बन्धित छ । इतिहासकार स्व. महेश चौधरीले प्राचीनकालमा थार मरुभूमि क्षेत्रबाट सुरक्षित वासस्थान खोजी गर्दै दक्षिण एसियाली भूभागमा आवतजावत सुरु गरेको थियो; जसलाई ‘थारू’ भनेर चिनिन थालियो भनी उल्लेख गर्नुभएको छ ।

    टेकनाथ गौतमले आफू विसं १९९३ मा काठमाडौँ गएका बेला दक्षिणकालीबाट फर्कंदा चोभारनेरको गाउँमा बास बसेको र त्यहाँका स्थानीय वृद्धहरूले आफ्ना पूर्वजहरू थारू थिए भनेका कुरा उल्लेख गरेका पाइन्छ । डँगौरा थारू भाषामा रहेको लोकगाथा ‘गुर्बाबाक जर्माैटी’ का अनुसार डँगौरा थारूहरू दाङका आदिवासी हुन् । थारूहरूका बारेमा उल्लेख गर्नेमा भूगोलविद् अबलेरुनीले ११ औँ शताब्दीमा उल्लेख गरेको सबैभन्दा पुरानो दस्ताबेज भेटिन्छ । त्यसमा तिल्वटका बासिन्दालाई ‘तरु’ अर्थात् तारी भनिने र तिनीहरू तुर्कहरू जस्तो कालो वर्णका थिए । तिल्वटको (तिरहुत, मिथिल) विपरीत बायाँतिरको देश नेपाल हो । यसबाट ११ औँ शताब्दीमा तिरहुतका मुख्य बासिन्दा थारू थिए भन्ने देखाउँछ । दाङदेखि पूर्वी नेपालसम्म विभिन्न राजाका शासनकालमा विभिन्न थारूले जग्गा आवाद गर्नका लागि प्राप्त गरेको अधिकारका रूपमा लालमोहरहरू भेटिन्छ ।

    मुसलमानसँगको युद्धमा पराजित भएपछि थारू समुदायका पुर्खाहरूले आफ्नो अस्तित्व र सुरक्षाका लागि घना जङ्गल हुँदै दाङतर्फको यात्रा आरम्भ गरेको पाइन्छ । त्यतिबेला दाङ घना वन क्षेत्र थियो । जङ्गली जनावरसँग जुध्दै वनजङ्गल क्षेत्रलाई कृषियोग्य भूमिमा रूपान्तरण गरे । त्यसैले दाङ क्षेत्र ‘थारूहरूको उद्गम भूमि’ भनेर चिनिन थालियो ।

    थारू समुदायको जीवनशैली प्रकृति र वन्यजन्तुसँग गाँसिएको पाइन्छ । घरका भित्ता भित्तामा बाघ, भालु, हात्ती, गैँडा, घोडा, मयूर, सर्प आदिको चित्र कोर्ने परम्परा थारूले जोगाइराखेका छन् । यी चित्र आत्मसुरक्षासँगै घरको सौन्दर्यका लागि मात्र नभई साहस, श्रम र अस्तित्वको ऐतिहासिक सन्देश पनि हुन् । विशेष गरी हात्ती, घोडा र मयूरका आकृति अझै पनि थारू बस्तीका घरमा सजिएका पाइन्छ । थारू महिलाले हातखुट्टामा ‘टिका छेड्ना’ (गोदना) गर्ने परम्परासमेत छ । हात र खुट्टामा बनाइने यी कलात्मक गोदनामा प्रायः हात्ती, घोडा, मयूरका चित्र बनाइने गरिन्छ । यी प्रतीकहरू सौन्दर्यसँगै सांस्कृतिक पहिचान र गौरव हुन् । तसर्थ थारू समुदायको इतिहास जातीय पहिचानको कथा मात्र होइन; यो प्रकृतिसँगको सहजीवन, अस्तित्वका लागि सङ्घर्ष र सांस्कृतिक सिर्जनशीलताको अद्वितीय दस्ताबेज हो भन्न सकिन्छ ।

    थारू राजा दङ्गीशरण

    तराईको थरुहट क्षेत्र दाङमा १२ औँ शताब्दीको अन्त्य र १३ औँ शताब्दीको सुरुवातमा दाङ उपत्यकामा थारू राजा दङ्गीशरणले राज्य गरेको इतिहास साक्षी रहेको सौतगवीर चौधरी बताउनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौराकोटमा दङ्गीशरणले राज्य गरेको किंवदन्ती पाइन्छ । अहिले सो क्षेत्रमा पुरातŒव विभागले तीन पटक पुराताŒिवक उत्खनन पनि गरेको छ । उत्खनन गर्दा केही पुराना तामाका सिक्का, थारू जातिका पुर्खाले प्रयोग गर्दै आएका विभिन्न प्रकारका माटाका भाँडाकुँडा, गुन्द्री, ढकिया, भौका, थारू महिलाले घाँटीमा लगाउँदै आएको मोतीका दाना, हातमा लगाउने लखौटीका चुरा, माटाका विभिन्न किसिमका देवीदेवता, सिकार खेल्ने धनुष, घर बनाउने चार प्रकारका इँटालगायत सामग्री भेटिएको छ । उत्खनन कार्यले पूर्णता पाउन भने सकेको छैन ।

    बुह्रनाछारातिर थारू

    मलेरिया नियन्त्रण भएपछि पहाडबाट मानिसको बसाइँ समथर क्षेत्रतिर स-यो । समथर क्षेत्रमा बस्दै आएका थारू अशिक्षित थिए । तिनले आफूहरू दबाबमा परेको महसुस गर्न थाले । त्यसपछि उनीहरू बुह्रनाछारा (दाङबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेततर्फ बसाइँ सरे) भए । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले २०२१/२२ सालतिर ठुलो मात्रामा दाङका थारूहरू ‘बुह्रानतर्फ’ सरेको बताउनुहुन्छ । सुगौली सन्धिपछि जङ्गबहादुर राणाले अङ्ग्रेजलाई खुसी पारी बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याएका थिए । यो भूमि कृषियोग्य भए पनि त्यतिबेला मलेरिया प्रभावित क्षेत्र थियो । नयाँ भूमिलाई थारू भाषामा ‘बुइहान’ भन्ने गरिन्छ ।  दाङका जमिनदारहरूको दबाब र राज्यप्रेरित विस्थापनका कारण थारूहरू त्यहाँ सर्न बाध्य भएका पाइन्छ । उनीहरूले पुनः खेतीप्रणाली स्थापित गरे पनि भूमि अधिकार र नीतिगत सुरक्षाको अभावले पछि उनीहरू श्रम शोषण र सांस्कृतिक मेटामारीको सिकार बनेका हुन् । भूमिसुधार कार्यव्रmमले पनि उल्टै उनीहरूको अवस्था कमजोर बनायो ।

    पहिलो सहिद गुम्रा 

    सहिद गुम्रा थारू केवल किसान सहिद मात्र नभएर दाङका पहिलो सहिदसमेत हुनुहुन्छ । इतिहासकार सुदीप गौतमका अनुसार गुम्रा थारू दाङका प्रखर किसान नेता हुनुहुन्थ्यो तर उहाँको योगदान अनुसार सम्मान अझै पर्याप्त हुन सकेको छैन ।

    घोराही–३, बेलुवामा कालुराम थारूका माइला छोरा गुम्रा थारू १९८२ सालमा जन्मिनुभएको हो । नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध भई गुम्राले अन्य किसान बयरबटुवाका ढाँटु चौधरी, गैरागाउँका मोतीलाल चौधरी, बर्गद्दीका नारायणप्रसाद शर्मा, माणिकलाल गौतम, फूलपाती, चुके, पिठु, बहादुर, व्रिmमलाल, ऋषि र अशोक चौधरीलगायतसँग मिलेर जमिनको अधिकारका लागि सशक्त सङ्घर्ष गर्नुभएको थियो । विसं २००७ पछि दाङमा जमिनदारी प्रथाविरुद्ध किसान आन्दोलन तीव्र बन्दै गयो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सचिव नारायणप्रसाद शर्माका अनुसार बर्सातको समयमा खेत जोत्न जमिनदारले रोक्दा किसानले विरोध गर्दै जबरजस्ती हलो जोत्न थालेका थिए । २०१७ साल साउन ६ गते त्यही व्रmममा प्रहरीको गोली लागी गुम्रा थारूको खेतमै मृत्यु भयो । ३५ वर्षको उमेरमा सहादत प्राप्त गरेका गुम्रा थारू किसान अधिकारका सशक्त  प्रतीकका रूपमा चिनिनुभयो । उहाँको स्मृतिमा घोराहीको ट्राफिकचोकमा सालिक निर्माण गरिएको छ । सोही चोकलाई घोराही उपमहानगरपालिकाले ‘गुम्राचोक’ नामकरण गरेको छ ।

    मटाँवा प्रथा 

    थारू समुदायको परम्परागतदेखि मान्दै आएको मटाँवा प्रथा थारू समुदायको परम्परागत स्वशासनको मूल आधार हो । मटाँवा प्रथा गाउँको सामाजिक, न्यायिक, सांस्कृतिक कामको सर्वोच्च निर्णयकारी निकाय थियो । मटाँवासँगै यसमा अघवा, चौकीदार र गाउँका गरढु-याहरू सामेल हुन्छन् । गाउँमा हुने विवाद, सिँचाइ, पूजापाठ, सामुदायिक श्रम बाँडफाँट सबै मटाँवाकै समन्वयमा चल्थ्योे; अहिले पनि चलिरहेको छ । त्यसबेला अलिखित मटाँवा प्रणाली सताब्दिऔँसम्म चल्यो । अहिले भने लिखित रूपमा छलफल हुने गरेको मटाँवा रामप्रसाद चौधरी बताउनुहुन्छ । उहाँका अनुसार मटाँवाको नेतृत्वमा तीन सदस्य मटाँवा परिषद् गठन हुन्छ । मटाँवालाई सहयोग गर्न अघवा र चौकीदार हुन्छन् । अघवा भनेको मटाँवापछिको दोस्रो व्यक्ति हो; जसको जिम्मेवारी गाउँको प्रवक्ता नै हो । गाउँमा हुने विभिन्न कार्यक्रम, कुला, नाला, बैठक, छलफल गर्नुपर्ने अवस्था भएमा मटाँवाको सल्लाहबमोजिम गाउँलेलाई खबर गर्ने, बोलाउने, एक गाउँको खबर अर्काे गाउँमा पठाउने जस्ता काम अघवाको हुन्छ । त्यसै गरी चौकीदारको जिम्मेवारी समग्र गाउँको सुरक्षादेखि अन्नबालीको रेखदेख गर्नेसम्म हुन्छ । थारू गाउँहरूमा प्रायः गाउँमा मटाँवा, अघवा र चौकीदार बनाउने चलन छ । यी तीन जनालाई एक एक वर्षको कार्यकाल दिइएको हुन्छ । हरेक वर्ष माघमा माघी डेवानीमार्फत गाउँका गरढु-याहरू मटाँवाकाको घरमा भेला भएर मटाँवा, अघवा, चौकीदार चुन्ने गर्छन् ।

    सात प्रगन्नाको दाङ

    दाङलाई पहिलो सात प्रगन्नामा विभाजित गरिएको ऐतिहासिक तथ्य पाइन्छ । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार अगला, सवारी, छिल्ली, पाटु, पछ्ला, घारी र काटा प्रगन्ना थियो । हाल तीमध्ये पाँच मात्र विद्यमान छन् । उहाँका अनुसार अगला प्रगन्नाको पूजापाठ, मड्वा (जिनगुनी) देशबन्ध्या गुरुवाले गर्थे तर हालको अवस्थामा अगला प्रगन्नाको पूजापाठ कटकट्वा गुरुवाले गर्दै आएका छन् । यो प्रगन्ना दाङको पूर्वी भागमा पर्छ । घोराहीको बाह्रकुनेदेखि पूर्व रामपुरसम्मको क्षेत्रलाई अगला प्रगन्नाका रूपमा चिनिन्छ ।

    त्यसै गरी हापुरखोलादेखि घोराहीको झिँगौरासम्म सवारी प्रगन्नाका रूपमा चिनिन्छ; जसको नेतृत्व दहित थरका देशबन्ध्या गुरुवाले पूजापाठदेखि सम्पूर्ण नेतत्व गर्थे । दहित थरले सवारी प्रगन्नासँगै छिल्ली प्रगन्नाको नेतृत्व पनि गर्ने गरेको बताइन्छ । पश्चिम ग्वारखोलादेखि पूर्व छिल्लीकोट क्षेत्रसम्मलाई छिल्ली प्रगन्नाका रूपमा चिनिन्छ ।

    यस्तै पाटु प्रगन्नाको नेतृत्व पछलडङ्या थरका देशबन्ध्या गुरुवाले चलाउँथे । पश्चिम पाटुखोलादेखि पूर्व ग्वारखोलासम्मको क्षेत्रलाई पाटु प्रगन्ना भन्ने गरिन्छ । त्यसै गरी पूर्वमा पाटुखोलादेखि पश्चिम झारगैजीसम्मको पश्चिम क्षेत्रलाई पछला प्रगन्ना भनिन्छ; जसको नेतृत्व पनि पछलडङ्ग्या गुरुवाले गरी देशबन्धा चलाउँथे । घारी प्रगन्नाले दाङको दक्षिणस्थित चुरे पहाडका खाँेचहरू रहेका भूगोललाई चिनाउँछ; जहाँ थारूहरूको बसोबास नभएकाले त्यहाँ थारूहरूले उक्त प्रगन्ना नचलाएको अनुसन्धानकर्ता चौधरीको भनाइ छ । त्यस्तै काँटा प्रगन्नाले जिल्लाको उत्तरतिरको महाभारत पहाडको खोँचलाई जनाउने गरेको पाइन्छ । यस्तै देउखुरी क्षेत्रमा पनि जोग्या प्रगन्ना, मझेरिया प्रगन्ना, कालापानी प्रगन्ना र बह्राखुटी प्रगन्ना रहेका थिए ।

    प्रकृतिपूजक 

    थारू समुदायलाई प्रकृतिपूजकका रूपमा चिनिन्छ । चन्द्रप्रसाद चौधरीका अनुसार थारू जातिको धर्म, संस्कार र जीविकोपार्जन प्रकृतिकै नियममा आधारित हुन्छन् । जङ्गल र नदीका स्रोतमाथि श्रद्धा राख्ने, माटोलाई माता मानेर खेती गर्ने परम्परा आज थारू समाजमा चलिरहेको पाइन्छ । उहाँका अनुसार मटाँवा प्रथा थारूहरूको मौलिक लोकतान्त्रिक शासनप्रणाली थियो; जसले गाउँलाई आत्मनिर्भर बनायो । यही प्रकृति अनुसार भुह्यारथानमा विविध पूजापाठ गरिन्छ । त्यो पूजापाठ भनेको प्रकृति र मौसम अनुसार हुन्छ । थारूहरूले जहिले पनि जल, जमिन र प्रकृतिलाई पुज्छन् ।

    थारू जातिको थर, उपथर

    थारूहरूलाई प्रायः थारू या चौधरीका रूपमा बोलाइन्छ तर उनीहरूको आफ्नै थर तथा उपथर रहेका छन् । थारू अगुवा चन्द्रप्रसादका अनुसार दाङमा बसोबास गर्ने थारूलाई डँगौरा, देउखुरीमा बसोबास गर्नेलाई डिउख¥या, नवलपरासीमा बसोबास गर्नेलाई ललपु¥या, चितवनमा बसोबास गर्नेलाई चितौनिया, मल्हावारमा बसोबास गर्नेलाई मलोह्या भन्ने गरिन्छ । त्यस्तै पूर्वतिर त्यही अनुसार महतो, खवास, गच्छदार, सतार, बछार, सिंह, पन्जियार आदि भन्ने गरिन्छ । यीमध्ये दाङमा बस्ने थारूका विभिन्न थर तथा उपथर छन् । जस्तै– दहित, पछलडङग्या, मड्वा, डेमनडौरा, कुसुम्या, वैद्य कुसुम्या, राना, ढमलहवा, सत्गौगाँ, रत्गैया, कङग्रहवा, टेँर्रा, कुम्हार, गम्मवा, कठर्या, राजवंशी, उल्टहा, घौटैलीलगायत छन् । कुुसुम्याभित्र ३६ वटा उपथर रहेको पाइन्छ ।

    संस्कृति र मौलिकता

    दाङका थारू समुदायमा आफ्नो छुट्टै मौलिक कला, संस्कृति, रहनसहन तथा जीवनशैली रहेका छन् । आफ्नो मौलिक वेशभूषा, खानपान, भाषा, साहित्य रहेका छन् । विभिन्न मौसम र संस्कृति अनुसार गाइने लोकगीत सज्ना, मैना, बर्कीमार, माँगर, छोव्रmा, हुर्डङ्ग्या, मघौटा, सख्या, पैया नाच तथा गीत रहेका छन् । मौलिक तथा परम्परागत अष्टिम्की, अट्वारी, डस्या, डेवारी, माघ, ढुह्रेरी, हर्ढवा, पेन्ड्या चाडपर्व रहेका छन् । त्यसै गरी विभिन्न पूजापाठका लागि लौठसारी पूजा, हा¥या, गुरै, ढु¥या गुरै रहेका छन् । आफ्नै सामूहिक पूजापाठ गर्ने भुह्यारथान छन् ।

    दिनमा पाँच पटक खानपान 

    थारू समुदायको पहिचान परम्परागत मौलिक नाचगान, वेशभूषा, कला, संस्कृति मात्र होइन; उनीहरूको खानपान प्रणाली पनि अनौठो र अनुकरणीय छ । पछिल्लो समय भने थारू परम्परागत खानपान र जीवनशैली हराउन थालेका छन् । विगतमा थारू समुदायले विभिन्न समयमा दिनको पाँच पटकसम्म खानपान गर्ने प्रचलन थियो । बिहान सबेरै बिहानको नास्ता ‘बासी’ अर्थात् अघिल्लो रातको भात तथा अन्य परिकार र त्यसपछि बिहानको खाना ‘कल्वा’ खाने चलन छ । दिउँसोको खाजा ‘मिन्ही’, बेलुकीको खाजा ‘सिन्ही’ र रातिको खाना ‘बेरी’ खाने चलन छ । त्यसबेलाको परम्परागत खानपानसँग थारू समुदायको श्रम र जीवनशैली पनि जोडिएको संस्कार, संस्कृति छ । धेरै मेहनत गर्नुपर्ने भएकाले पहिले पहिले पटक पटक खानपान गर्ने चलन थियो । घोराही उपमहानगरपालिका–६, लख्वारका ७० वर्षीय भागीराम चौधरी भन्नुहुन्छ, “पहिलाको जमानामा काम पनि धेरै गर्ने चलन थियो । खानपान पनि त्यस्तै थियो । खानपानले जोसजाँगर चल्ने, शरीर फुर्तिलो हुने भएकाले पटक पटक गरेर पाँच पटकसम्म खानपान गर्ने चलन थियो ।”

    उठ्नेबित्तिकै खेतबारीमा काम गर्नुपर्ने भएकाले बिहानै नास्ता खानु पथ्र्याे । यसलाई थारू समुदायमा ‘बासी’ खाने भनिन्छ । घरमा भन्दा धेरै खेतबारी र वनपाखामा काम गरेर धेरै समय बिताउने चलन थारू समुदायमा छ । घोराही–७, सिसहनियाका ७२ वर्षीय बेझलाल चौधरीका अनुसार खेतबारी, वनपाखाको काम सकेर फुर्सद भयो भने नदी, खोला तथा खोल्सामा माछा मार्ने गरिन्छ । थारू समुदायमा माछा, घोँगी, गँगटाको परिकार धेरै खाने चलन छ ।

    Related Posts

    बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ

    १ दिन अगाडि

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ दिन अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    ४ हप्ता अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    दाङबाट देशभर फैलिएको थारु समुदाय

    breaking news ६ घण्टा अगाडि

    दाङ देउखुरीमा स्वतन्त्र थारू राज्य थियो । राजा पुण्य मल्लको विसं १३९३ को कनकपत्रमा…

    बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ

    १ दिन अगाडि

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ दिन अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.