Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    २ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»विष्णु पौडेललाई पराजीत गर्ने को हुन् सुलभ खरेल ?
    breaking news

    विष्णु पौडेललाई पराजीत गर्ने को हुन् सुलभ खरेल ?

    मिलापत्रमिलापत्र२ महिना अगाडिUpdated:२ महिना अगाडि58 Views

    भुवन कार्की
    बुटवल, २३ फागुन । फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नंं. २ बाट उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २९ बर्षीय युवा नेता सुलभ खरेलले निकै बलिया प्रतिस्पर्धी ठानिएका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ठूलो मतान्तरले पराजीत गर्नुभएको छ । यसअघि चार पटकसम्म यस क्षेत्रमा चुनाव जित्नुभएका पूर्व मन्त्री समेत रहनुभएका पौडेलले यसपटक लज्जास्पद हार ब्यहोर्नु परेको छ । कुल मत संख्या ८६ हजार ५ सय ३० रहेको रुपन्देही २ मा खरेलले ५६ हजार ५ सय ५० मत प्राप्त गर्नुभएको छ भने एमालेका पौडेलले १२ हजार ८ सय ६१ प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका चुन्नु पौडेलले ९ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डेले १ हजार ४ सय ९ मत प्राप्त गर्नुभएको छ ।
    को हुन् सुलभ खरेल ?
    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ सेमलारमा वि.सं. २०५४ साल भदौ २७ गते जन्मनुभएका सुलभ खरेल कानुन ब्यवसायी पनि हुनुहुन्छ । सामान्य परिवारमा जन्मनुभएका खरेलले विद्यालयतहको अध्ययन रुपन्देहीमै गर्नुभयो । काठमाडौंको त्रिनिटी अन्तराष्ट्रिय कलेजबाट बायोलोजीमा प्लसटुसम्मको अध्ययन गर्नुभयो । नेपाल ल क्याम्पस क्याम्पसबाट कानुन विषयको अध्ययन शुरु गर्नुभएका खरेलले विश्वभरबाट उत्कृष्ट २५ जनामा पूर्ण छात्रवृतिसहित नाम निकाल्न सफल भएपछि अमेरिकाको युनिभर्सिटी अफ मिचिङ्गन स्कूलबाट कानुनमा स्नाकोत्ततर तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । विभिन्न शैक्षिक संस्थामा अध्ययन अध्यापन गरेरको उहाँको अनुभव छ ।
    खासगरी गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा युवाहरुको नेतृत्व गर्दै राजनीतिमा थप सक्रिय बन्नुभएका खरेलले चुनाव लड्ने पहिलो अवसरलाई सशक्त रुपमा सदुपयोग गर्नुभयो । रुपन्देहीको राजनीतिक इतिहासमा विकासप्रेमी नेता भनेर जबरजस्त परिचय बनाउन खोजिरहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई खेरलले पहिलो प्रयासमै लज्जासपद हारको स्वाद चखाउन सफल हुनुभयो । यसअघि लगातार चार पटकसम्म यहाँ चुनाव जित्नुभएका पौडेललाई फराकिलो मतान्तरले हराउन सक्नु खरेलको ठूलो राजनीतिक उपलब्धी बनेको छ ।
    बदलिंदो राजनीतिक परिस्थितिमा समृद्ध देश निर्माणको अभिभारा आफ्नो काँधमा आएको बताउने खरेलले देशमा ब्याप्त भ्रष्टाचार निवारण, सुशासन र दिगो विकासका लागि आफूले हरसंभव खटेर काम गर्ने बताउनुहुँन्छ । संसदमा पुगेर जनताको बहुपक्षीय हितमा कानुन बनाउने अवसरको रुपमा यो जीतलाई आफूले लिएको उहाँको भनाई छ । संविधानको रक्षा गर्दै आवश्यकताको आधारमा जनमुखी कानुन बनाउन आफूले पहल गर्ने बताउनुभयो ।
    राजनीति पेशा नभएर सेवा हो भन्ने मान्यता राख्ने युवा नेता खरेलेल सधै जनताप्रति उत्तरदायी बनेर राजनीति गर्नुपर्नेमा जोड दिनुहुन्छ । आफूले अध्ययन गरेर हासिल गरेको विज्ञतालाई ब्यवहारमा उतार्दै नेपालको कानुनी जटिलताको पहिचान गरी समाधान गर्न आफूले प्रयास जारी राखेको उहाँ बताउनुहुन्छ । विगतमा संसद विघटन हुँदा लामो बहस र पैरवी गरेर संविधानको रक्षाका लागि आफू लडेको अनुभव उहाँले सुनाउनुभयो ।
    कानुन केवल धाराहरुको संग्रह होइन यसलाई आवश्यकता अनुसार परिवर्तन गरेर निमुखाहरुको पक्षमा बनाउनु पर्छ भन्ने मान्यता राख्ने खरेलले कुन शब्दले कसैको जीवन बदल्न सक्छ र कुन शब्दले कसैको अधिकार खोस्न सक्छ भन्नेमा हेक्का राख्नुपर्ने धारणा राख्नुहुन्छ । निमुखालाई न्याय र संविधानका रक्षाका लागि आफूले अदालतहरुमा बहस पैरवी गर्दै आएको उहाँको भनाई छ । बिगतमा भएका कैयौं असंवैधानिक नियुक्ति र निर्णयबिरुद्ध संघर्ष गर्नुभएका खरेलले राष्ट्रपतिबाट जनसेवा श्री पदक समेत प्राप्त गर्नुभएको छ । ब्यक्तिगत जीत होइन संविधानको रक्षा, देश र जनताको न्यायको लागि आफ्नो जीत भएको उहाँको तर्क छ ।
    आफ्नो निर्वाचन क्षेत्रका जनतासंगै सधै हातेमालो गरेर काम गर्ने अठोट उहाँले लिनुभएको छ । आफ्ना मतदातालाई उहाँले धन्यबाद समेत दिनुभएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    २ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news २ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.