रुपन्देही १६ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ सोमबारदेखि शुरु भएको छ ।

    महाेत्सवकाे दाेस्राे दिन गायक रामजी खांणले दर्शकलाई भरपुर मनाेरञ्जन दिनुभएकाे छ । त्यस्तै कलाकारशरु दिपक दर्लामी, बिष्णु खनाल, बसन्ता खनााल, बिष्णु मगर तथा साेनी डान्स समुहका कलाकारले भरपुर मनाेरञ्जन दिनुभयाे ।

    महोत्सवमा स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न र याे अवसरलाई साना ठूला सबै उद्योगी ब्यवसायीले सदुपयोग गर्नुपर्ने ब्यवसायिकाे भनाइ छ ।
    मेलाले स्थानीय कलाकारलाई समेत आफ्नो प्रतिभा बढाउने अवसर सुजना गरेको र मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बुद्धिजीवी बताउँछन् ।
    महाेत्सव आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले तिलोत्तमाकाे  याे मेला सफल पार्ने सबैको दायित्व भएको बताउनुभयाे  ।

    महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिएको छ ।
    महोत्सवको लागि तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।

    त्यस्तै  बुधबार  कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, विय्णु सिङ्जाली, विष्णु श्रीपाली, नारायण बिपी परियार तथा साेनी डान्स समुहकाे प्रस्तुति रहने आयाेजकले जनाएका छन् ।

     

    Share.
    Leave A Reply