सोमबार उद्घाटन
    रुपन्देही, १४ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा हुन लागेको ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८२ को तयारी पुरा भएको छ ।
    तिलोत्तमा उद्योग व्यापार संगठनले आयोजना गरेको महोत्सव मसिंर १५ गतेदेखि पुस १ गतेसम्म चल्ने महोत्सवको तयारी तीब्र पारिएको मेला मूल आयोजक समितिका संयोजक तथा संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिनुभयो ।
    महोत्सवको सोमबार दिउँसो १ बजे उद्घाटन गरिने आयोजकले जनाएका छन् । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्नुहुनेछ । प्रचार प्रसार उपसमितिका संयोजक सोबित दर्लामीका अनुसार उद्घाटनअघि विहान साढे ११ बजेदेखि तिलोत्तमाका विभिन्न ठाउँबाट झाँकीसहित सचेतना र्याली निकालिने छ । र्यालीमा सहभागी उत्कष्ट समूहहरुलाई पुरस्कृत गरिने छ । त्यस्तै सोमबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मेलास्थमा रक्तदान समेत गरिने कार्यक्रम संयोजक नितेश सिलवालले जानकारी दिनुभयो ।महोत्सवमा दर्शकलाई आकर्षित गर्न पहिलेका भन्दा भिन्न संरचनाहरु निर्माण गरिएको बताइएको छ । महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिएको संगठनका महासचिव हेमलाल न्यौपानेले बताउनुभयो ।
    महोत्सवको लागि तीन सय स्टलहरु सहभागी गराइएको स्टल दर्ता उपसमिति संयोजक विवस थापाले बताउनुभयो । त्यस्तै महोत्सवमा २० वटा स्तरीय होटलका स्टलहरु रहने होटल रहने छन् । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको बताइएको छ ।
    त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा स्थानीय तथा राष्ट्रिय तहमा ख्यातीप्राप्त कलाकारबाट मनोरन्जन प्रादान गरिने साँस्कृतक कार्यक्रम संयोजक युवराज पराजुलीले जानकारी दिनुभयो । टिकटबाट उठेको रकमबाट केही प्रतिशत बालआश्रमहरुलाई सहयोग रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् । मेला तयारीबारे संगठन अाईतबार बिभि्न संघसंस्थासंग पनि छलफल गरेकाे छ ।

    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
    brp_del_th:null;
    brp_del_sen:null;
    delta:null;
    module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

     

     

    Share.
    Leave A Reply