Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»राजश्व चुहावट नराेकीएकाे मुख्यमन्त्रीकाे गुनासाे
    breaking news

    राजश्व चुहावट नराेकीएकाे मुख्यमन्त्रीकाे गुनासाे

    मिलापत्रमिलापत्र६ महिना अगाडि8 Views

    भैरहवा , मंसिर ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल-भारत सिमाक्षेत्रका भन्सारहरूमा राजश्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको छ ।

    लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनलाई भैरहवामा सम्बोधन गर्दै उहाँले खुला सिमानाबाट राजश्व चुहावटका गतिविधि नरोकिएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । `अहिले पनि मिलेमतोमा भन्सार छलि गरेर सामान भित्र्याइन्छ । यसको नियन्त्रण कसले गर्ने हो ? यसबारेमा हामी गम्भीर छौं कि छैनौं ? आज देशको राजश्व संकलनमै गम्भीर बन्न सकेका छैनौं,´ उहाँले भन्नुभयो-`यो विषयमा विस्तृत छलफल गरेर जनताले सुशासनको अनुभूति पाउनेगरी कार्ययोजना बनाइनेछ ।´

    ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै उहाँले ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उहाँको भनाइ थियो ।

    सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयन अहिलेको मुख्य प्रश्न रहेको बताउनुभयो । `कुनै नेता गलत होलान तर, सिस्टम बिग्रिएको छैन,´ उहाँले भन्नुभयो-`कतिपय नेताहरू बिग्रिएका होलान, तर सिस्टम बिग्रिएको छैन । प्रणाली बिग्रिएको छैन । यो कुरा आत्मसात गर्नु सबै निकायका लागि जरुरी छ ।´

    उहाँले सुरक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता औंल्याउनु भयो । आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति जलाउनेहरूलाई कानुनी दायरामा ल्याउन संघीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

    यस्तै, मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनिकरण गर्ने अभियानमै प्रदेश सरकार रहेकाले स्पष्ट पार्नुभयो । `सरकारको नेतृत्व सम्हाल्दा गरेका संकल्प र अठोट पूरा गर्नेगरी काम अघि बढेका छौं । सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरणको रणनीति बनाएर काम गरिरहेका छौं । मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेका छौं,´उहाँले भन्नुभयो-`पूर्व विशिष्टका सेवा-सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो ।´

    नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.