Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पाल्पामा एक सय १८ मतदानस्थल
    breaking news

    पाल्पामा एक सय १८ मतदानस्थल

    मिलापत्रमिलापत्र६ महिना अगाडि9 Views

    तानसेन, मङ्सिर ८ गते । पाल्पामा ११८ वटा मतदान स्थल कायम गर्ने निर्णय भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पनि यसअघिको निर्वाचनमा कायम गरिएको ११८ मतदान स्थललाई कायम गर्ने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

    जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिलगायतको संयुक्त बैठकबाट निर्वाचन स्थल पुरानै कायम गर्ने निर्णय गरेको हो । मतदान केन्द्रको विषयमा भने निर्णय हुन बाँकी छ ।

    अन्तिम मतदाता सङ्ख्या कायम गरेपछि मतदान केन्द्रको विषयमा निर्णय हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाका नासु विनोद घिमिरेले जानकारी दिनुभयो । यसअघि पाल्पामा २४६ रहेको थियो । मतदाता थप भएका केही मतदान स्थलमा मतदान केन्द्र थप हुने सम्भावना रहेको उहाँले बताउनुभयो । अस्थायी मतदान केन्द्रको बारेमा पनि पछि थप हुने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

    राष्ट्रिय परिचयपत्रबाट धेरै मतदाता थपिए
    पाल्पामा राष्ट्रिय परिचयपत्रबाट धेरै मतदाताले नाम दर्ता गराएका छन् । कुल ६ हजार ८८७ जना नयाँ मतदातामध्ये चार हजार ३२५ ले राष्ट्रिय परिचयपत्रबाट नाम दर्ता गराएका छन् । गत असोज ११ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन भएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा जिल्लास्थित निर्वाचन कार्यालयमा आएर एक हजार १७ पुरुष र ८१० जना महिला गरी एक हजार ८२७ जनाले नाम दर्ता गराएका छन् । अन्य जिल्लाबाट २५९ पुरुष र ३७६ महिला गरी ६३५ जनाले पाल्पामा ठाउँ सारीका लागि निवेदन दर्ता गराएको निर्वाचन कार्यालयका नासु घिमिरेले जानकारी दिनुभयो ।

    पाल्पामा बाहिरी जिल्लाका १२२ जना महिला र ७१ जना पुरुष गरी १९३ जनाले मतदाता नामावली नाम दर्ता गराएका छन् । मतदाता नामावली दर्तापछि अहिले दर्ता भएको मतदाताको विवरणलाई रुजु गर्ने, सच्याउने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । सच्याउने र रुजु गर्ने कार्य सकिएपछि निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या यकिन हुनेछ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.