बुटवल, कात्तिक ३० गते ।  लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायकाे आयोजनामा जिल्ला स्तरीय बौद्ध हाजिरी जवाफ प्रतियोगिता शुरू भएको छ।
    बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने उद्धेश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हाे ।
    प्रतियोगितामा रूपन्देहीका २४ वटा विद्यालयका विद्यार्थीकाे सहभागिता रहेकाे छ । प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरू साेधिने बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयाे ।
    विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्विद्यालयले पहिलोपटक प्रतियोगिता आयाेजना गरेकाे हाे । यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ ।
    प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दाेस्राेले १५ हजार, तेस्राेले १० हजार र सान्त्वना स्थानले पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
    विश्वविद्यालयले मंसिर १४ गते २० ओ वार्षिकोत्सब साताव्यापी कार्यक्रम गरि मनाउँदै छ ।

    Share.
    Leave A Reply