Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»अमेरिकी मतदान प्रणालीमा व्यापक हेरफेर गर्दै ट्रम्प, आधुनिक प्रविधि समेत निषेध !
    breaking news

    अमेरिकी मतदान प्रणालीमा व्यापक हेरफेर गर्दै ट्रम्प, आधुनिक प्रविधि समेत निषेध !

    adminadmin१ वर्ष अगाडिUpdated:१ वर्ष अगाडि9 Views

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसले अमेरिकी चुनाव प्रणालीमा व्यापार सुधार गर्ने लक्ष्य राखेको छ  । आदेशानुसार संघीय चुनावमा मतदाता दर्ताका लागि सिटिजनशिप सर्टिफिकेट अनिवार्य गरिनेछ र सबै मतपत्रहरू निर्वाचनकै दिन प्राप्त हुनुपर्नेछ । आदेशमा राज्यहरूलाई संघीय एजेन्सीसँग मतदाता सूची शेयर गर्न र निर्वाचन अपराधहरूका सम्बन्धमा अभियोजन गर्न भनिएको छ  । साथै, कुनै राज्यले यस आदेश पालना नगरेमा संघीय कोष रोक्का गरिने चेतावनी दिइएको छ । 

    ट्रम्पले लामो समयदेखि निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए  । उनले सधैं चुनावहरू अनियमित भएको दाबी गर्दै आएका छन्, जसको प्रमाण छैन  । उनले २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएपछि आफूलाई धोका भएको भनेर मतदान प्रणालीको आलोचना गरेका थिए  ।

    ट्रम्प विशेष गरी डाकमार्फत हुने मतदानप्रति आलोचनात्मक छन् । उनी प्रणाली असुरक्षित रहेको र यसले ठगीलाई निम्त्याउने दाबी गर्छन्  । यद्यपि, रिपब्लिकन मतदाताहरू समेत यो प्रणालीमा सहभागी छन् । अनुसन्धानअनुसार, मतदाता ठगी निकै दुर्लभ छ  । यो सीमित दायरामा हुन्छ र कानूनी कारबाही गरिन्छ । रिपब्लिकनहरूले यस कदमलाई निर्वाचन प्रणालीप्रति जनविश्वास पुन:स्थापित गर्ने प्रयास भनेका छन् । तर, मतदान अधिकार समर्थक समूहहरूले भने यसले लाखौं अमेरिकी नागरिकलाई मतदानबाट वञ्चित गराउने चिन्ता व्यक्त गरेका छन् । ब्रेनन सेन्टर फर जस्टिसको २०२३ को रिपोर्टअनुसार, अमेरिकाभरि २१.३ मिलियन नागरिकसँग सिटिजनशिप सर्टिफिकेट सहजरूपमा उपलब्ध छैन । 

    विशेष गरी विवाहित महिलाहरू, जसले आफ्नो थर परिवर्तन गरेका छन्, उनीहरूले मतदाता नामावली दर्ता गर्न कठिनाइ भोग्न सक्छन् । हालै न्यु ह्याम्पशायरमा नयाँ कानूनका कारण यस्तै समस्या देखिएको थियो ।

    ट्रम्पको आदेशले गृह सुरक्षा विभाग, सामाजिक सुरक्षा प्रशासन र राज्य विभागलाई गैर-नागरिक मतदाता पहिचान गर्न निर्वाचन अधिकारीहरूलाई सहायता गर्न निर्देशन दिएको छ ।

    साथै, संघीय सरकारसँग निर्वाचन अपराधहरूको जानकारी शेयर नगर्ने राज्यहरूमा संघीय कानून कडाइका साथ कार्यान्वयन गर्न महान्यायाधिवक्तालाई निर्देशन दिइएको छ ।

    संवैधानिक चुनौतीको सम्भावना

    ट्रम्पको आदेशले कानूनी वैधता प्राप्त गर्न भने मुस्किल छ  ।

    अमेरिकी संविधानअनुसार प्रत्येक राज्यलाई आफ्नै निर्वाचन नियम बनाउने अधिकार छ  । यद्यपि, संघीय सरकारले मतदान सुरक्षाका लागि केही उपायहरू अपनाउन भने सक्छ  ।

    कोलोराडोकी डेमोक्र्याट नेतृ जेना ग्रिसवल्डले यस आदेशलाई ‘अवैध’ भनेकी छिन्  । डेमोक्र्याट सांसद जो मोरेलले  पनि यसप्रति आपत्ति जनाएका छन्  । ‘यो नीति गलत मात्र होइन, अमानवीय र अवैध पनि छ,’ मोरेलले भनेका छन् ।

    यस सम्बन्धमा ट्रम्पले कानूनी लडाइँको सामना गर्नुपर्ने पनि हुन सक्छ । कानूनी लडाइँको धम्की दिँदै डेमोक्र्याट वकिल मार्क एलियासले भने, ‘हामी मुद्दा दायर गर्नेछौं  ।’

    ट्रम्पले २०२१ मा बाइडेनले ल्याएको कार्यकारी आदेशलाई खारेज गरेका छन्, जसले संघीय निकायहरूलाई मतदाता नामावली दर्ताका लागि प्रोत्साहित गर्न निर्देशन दिएको थियो ।

    मतदान प्रविधिमा परिवर्तनको प्रयास

    ट्रम्पको आदेशले मतपत्र गणनाका लागि बारकोड वा क्यूआर कोड प्रयोग नगर्न निर्देशन दिएको छ  ।

    हाल जर्जियालगायत केही राज्यले क्यूआर कोड प्रयोग गर्ने इलेक्ट्रोनिक मतदान प्रणाली अपनाएका छन् । यो आदेश कार्यान्वयन भएपछि ती प्रणालीहरू प्रभावित हुन सक्छन् ।

    विस्कन्सिनका रिपब्लिकन सांसद ब्रायन स्टिलले ट्रम्पको आदेशलाई ‘चुनाव सुरक्षित पार्ने सही कदम’ भनेका छन् । ट्रम्प समर्थक माइक लिन्डेलले यो निर्णयलाई समर्थन गर्दै चुनावी सुधारका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

    ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गर्दै भनेका छन्– ‘यसले चुनावी धाँधली अन्त्य गर्नेछ, आशा गरौं  ।’ उनले आगामी हप्ताहरूमा थप निर्वाचन सुधारका कदमहरू उठाउने बताएका छन् ।

    Related Posts

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि394 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    breaking news १ दिन अगाडि

    काठमाडौँ, जेठ १६ गते । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य…

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.