Author: मिलापत्र

लुम्बिनी, १६ भदौ   । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नु भएको हाे । मुख्यमन्त्री चेतनारायण आचार्यले निर्णय कार्यान्वयनका लागि दुबै प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारकाे ध्यानाकर्षण गराउदै आएकाे र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेकाे जानकारी दिनुभयाे ।`संविधानले प्रदेशलाइ प्रदान गरेका जुन अधिकार हाे । त्यसलाई अहिले पनि संघीय सरकार मार्फत प्रत्यायोजीत हुन सकिरहेकाे अवस्था छैन । संविधाले…

Read More

बुटवल, १५ भदौ  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गर्नुभएको छ । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा “टंकमणि : एक क्रान्तिबीज” पुस्तकको विमोचन पनि गरिएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताउनुभयो । प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गर्नुभयो । बुटवल…

Read More

रेसुङ्गा भदौ १३ गते । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको देउराली पार्क पर्यटकीय गन्तव्य बनाउने गरेर पर्यटकीय संरचना निर्माणको काम अगाडि बढाइएको छ । पछिल्ला वर्षहरुमा निरन्तर धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण देउरालीमा पर्यटकीय संरचनाहरु निर्माण हुँदै गएका छन् । इस्मा देउराली पर्यटन पार्क तथा पूर्वाधार निर्माणका लागि पारिलेक कन्स्ट्रक्सन पाल्पाले ५४ लाख २१ हजार ५२१ रुपियाँमा सम्झौता गरेको गाउँपालिकाका इन्जिनीयर हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । यो योजना २०८१ माघ २७ गते सम्झौता भएर २०८२ जेठ ३० सम्पन्न भएको थियो । सम्झौता अनुसार देउराली क्षेत्रमा गेट, गोलघर, वाल, नेपालको राष्ट्रिय झण्डा, बुद्ध मूर्ति, मन्दिर, काउन्टरसहितको गार्ड रुम र केहि इलेक्ट्रिक काम…

Read More

बुटवल, ८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए । ‘हामी आफ्नै उम्मेदवार उठाउँछौं । अरु दलसँग गठबन्धन गर्दैनौं,’ जिसीले भने, ‘हामीले केन्द्रलाई पनि यही भनेका छौं । माओवादी केन्द्रकै उम्मेदवार हुनुपर्ने र यही क्षेत्रको हुनपर्ने कुरा पनि पार्टी केन्द्रसँग गरेका छौं ।’ अन्य दललाई समर्थन नगर्ने माओवादी केन्द्रको बटमलाइन रहेको जिसीले बताए । यसअघिका दुई निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार यस क्षेत्रमा थिएनन् ।…

Read More

दाङ, ७ भदौ । -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनमार्फतै समाजलाई समृद्धिको यात्रामा अघि बढाउन सकिने बताउनुभएको छ । बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्वको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले पारिवारिक सम्बन्ध, कर्तव्यबोध र संस्कारलाई मजबुत बनाउन विशेष योगदान दिने उल्लेख गर्नुभयो । उहाँले यस्ता पर्वहरूले पुस्ता-पुस्ताबीच आत्मीयता बढाउने मात्र नभई सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण अवसर उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । आज देशभर बुवाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत पर्व बुवाको मुख हेर्ने दिन तथा पितृ तर्पणको दिवस कुशे औंसी श्रद्धा र उल्लासका साथ मनाइँदैछ ।…

Read More

दाङ, ६ भदाै । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनुपर्ने बताउनु भयाे । `प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि जुन प्रतिबद्धताका साथ तपाईंहरू लाग्नुभयो, सबै बधाईका पात्र हुनुहुन्छ । हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छौं´उहाँले भन्नुभयाे-`आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यहाँहरु निरन्तर लागिपर्नुहुनेछ भन्ने विश्वास लिएको छु…

Read More

एक्रो केम इण्डष्ट्रिजद्वारा कार्पेन्टर भेटघाट सम्पन् बुटवल, ३ भदौ । फर्निचर उद्योगका लागि आवश्यक सामान उत्पादन गर्दै आएको एक्रो केम इण्डष्ट्रिज प्रालि, भरतपुर चितवनले रुपन्देहीको शंकरनगर वनवाटिकामा “कार्पेन्टर भेटघाट” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करिब १०० जना सहभागी भएका थिए l बुटवल तिलोतमा मा रहेका फर्निचर उद्योगी, हार्डवेयर व्यवसायी, प्लाई व्यवसायी तथा कार्पेन्टरहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सेल्स एण्ड मार्केटिङ म्यानेजर सुजनबाबु लोहनीले उद्योगको वस्तुस्थिति र बजार विस्तारबारे जानकारी गराएका थिए । उनले एक्रो कोल मरिटाइम, एक्रो कोल एसएच, राइनो कोल एसएच, राइनो कोल डब्लुजी र एबिसी कोल जस्ता उत्पादनले फर्निचर उद्योगलाई सजिलो र प्रभावकारी बनाउन ठूलो योगदान दिएको…

Read More

काठमाडौं, साउन २९ । प्रविधि र उद्यमशीलतामा सक्रिय युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बसकोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना रहनुभएको छ। उहाँहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गर्नुभयो। नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले दलाल पूँजीलाई निरूत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षण लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै, प्रवेश गर्ने युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान…

Read More

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड भक्तपुर, साउन २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले भन्नुभयो, “म यो कार्यक्रम र महिला दिदीबहिनीको सहभागिता देखेर प्रभावित भएको छु। यस किसिमको काममा सरकारले नेतृत्व लिन आवश्यक छ। म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि त्यसका निम्ति पहल गर्ने प्रतिबद्धता जनाउँछु।” अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सहभागी युवा महिलाहरूको लगन, मिहिनेत र उत्साहप्रति खुसी…

Read More