Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेश सरकारद्वारा ब्यामशाला निर्माण

    २ घण्टा अगाडि

    युवाले भविष्य नदेख्दा जेनजी आन्दोलन

    १ दिन अगाडि

    पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न माग

    ४ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका नौ निर्णय
    breaking news

    लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका नौ निर्णय

    मिलापत्रमिलापत्र७ महिना अगाडि7 Views

    लुम्बिनी, १६ भदौ   । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नु भएको हाे ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले निर्णय कार्यान्वयनका लागि दुबै प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारकाे ध्यानाकर्षण गराउदै आएकाे र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेकाे जानकारी दिनुभयाे ।`संविधानले प्रदेशलाइ प्रदान गरेका जुन अधिकार हाे । त्यसलाई अहिले पनि संघीय सरकार मार्फत प्रत्यायोजीत हुन सकिरहेकाे अवस्था छैन । संविधाले दिएकाे अधिकारलाई फुलफेजमा कार्यान्वयन गराउनका लागि हामी यसरीनै समन्वय र सहकार्य गरेर अघि बढ्ने छाैं´उहाँले भन्नुभयाे-`प्रदेशसंग जाेडिएका क्षेत्रमा देखिएका सडक पूर्वाधारकाे समस्या समाधान गर्न ध्यानाकर्षण गराउने काम भइरहेको छ ।´ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सिमा जाेडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकार विचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेकाे बताउनु भयाे ।`लुम्बिनी र गण्डकी प्रदेशलाई याेग र ध्यानकाे माध्यमबाट पर्यटन क्षेत्रकाे विकास गर्न सकिन्छ । यसमा जाेड दियौं भने सफलता मिल्नेछ´उहाँले भन्नुभयाे-`अन्तर प्रदेश सहकार्य र समन्वयले काम गर्ने शैली तथा अनुभवहरुमा पुनर्ताजगी ल्याउने भएकाले यस प्रकारका अभ्यासहरुलाइ बढाउदै लैजानुपर्ने छ ।´

    बैठकमा नेपाल संविधानको धारा २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाइ दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्त रुपमा अघि बढाउने सहमति गरिएको छ ।

    निर्णय अनुसार २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न पहिलो बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्ने व्यवस्था मिलाइने भएको छ ।

    बैठकले दामोदरकुण्ड-कृष्णागण्डकी ‘उत्तरवाहिनी’-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्ने निर्णय गरेको छ । त्यस्तै, रुपान्तरणकारी कार्यक्रमलाई अन्तर प्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेश गर्ने, कार्तिक महिनामा उत्तरबाहिनी क्षेत्रमा हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय भएको छ ।

    बैठकले सिकाइ आदान-प्रदानका लागि प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने, कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने र दुबै प्रदेशका तीर्थ तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार गर्ने निर्णय पनि गरेको छ । बैठकमा दुबै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सराेकारवालापक्षका व्यक्तिहरुकाे सहभागीता थियाे ।

    सहकार्यका ९ निर्णय यी हुन

    १. मिति २०८१/१०/३० गते बुधवार, रानीमहल पाल्पामा सम्पन्न लुम्बिनी र गण्डकी प्रदेश मुख्यमन्त्रीस्तरीय पहिलो संयुक्त बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयनको समीक्षा गरियो। यसलाई थप प्रभावकारी बनाउन दुवै प्रदेशका योजना आयोगले संयुक्त रूपमा सरोकारवाला सबै पक्षको सहभागितामा तीन महिना भित्र कार्ययोजना बनाई पेश गर्न निर्देशन दिने।

    २. सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिवद्धताको विवरण तयार गर्ने र बाँकी विषयलाई प्राथमिकता दिई कार्यान्वयनको व्यवस्था मिलाउन प्रदेश मातहतका निकायलाई निर्देशन दिने तथा नेपाल सरकारसँग नियमित समन्वय गर्ने कार्य प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले गर्ने।

    ३. दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने “दामोदरकुण्ड कृष्णागण्डकी ‘उत्तरवाहिनी’-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाउने।

    ४. दुबै प्रदेशका जावधिक योजनामा प्रदेश समुन्नतिका लागि प्रस्तावित रुपान्तरणकारी कार्यक्रम तथा आयोजना (अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यकम) कार्यान्वयन गर्न दुवै प्रदेशका सरकारको समन्वयमा कार्यान्वयन खाका तयार गर्न विषयगत मन्त्रालयलाई निर्देशन दिने।

    ५. कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि दुबै प्रदेशका योजना आयोगको समन्वयमा संयुक्त रुपमा कार्यान्वयन गर्न सकिने कार्यकम पहिचान गरी आगामी पुस मसान्त भित्र दुवै प्रदेश सरकारमा पेश गर्ने।

    ६. यही आश्विन २१ देखि कार्तिक १९ गते सम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने। स्थानीय स्तरमा सहजीकरणका लागि आ-आफ्नो प्रदेशका स्थानीय तहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले अनुरोध गर्ने।

    ७. विकास व्यवस्थापन तथा सेवा प्रवाहमा एक अर्काका सिकाइ तथा असल अभ्यासहरुको अनुभव आदान प्रदान गर्न प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने।

    ८. प्रादेशिक विकासका लागि प्रदेशको जिम्मेवारी, भूमिका तथा अधिकारलाई ध्यानमा राखी यथासम्भव कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने।

    ९. दुबै प्रदेशका प्रमुख तीर्थस्थल वा पर्यटकीय स्थल जोड्ने पदमार्गको पहिचान तथा निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार पार्न, प्रदेशका सम्बन्धित निकायलाई निर्देशन दिने।

    Related Posts

    लुम्बिनी प्रदेश सरकारद्वारा ब्यामशाला निर्माण

    २ घण्टा अगाडि

    युवाले भविष्य नदेख्दा जेनजी आन्दोलन

    १ दिन अगाडि

    पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न माग

    ४ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १० महिना अगाडि388 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ८ महिना अगाडि240 Views

    आफ्नै कार्यकर्ताले साथ छोडेपछि रुपन्देही-२ मा विष्णु पौडेललाई सकस

    १ महिना अगाडि230 Views

    पाल्पा–२ मा रास्वपा उम्मेदवार थापालाई मतदाताको हौसला

    १ महिना अगाडि225 Views
    Don't Miss

    लुम्बिनी प्रदेश सरकारद्वारा ब्यामशाला निर्माण

    breaking news २ घण्टा अगाडि

    पश्चिम नवलपरासी, चैत ३ गते  ।नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै…

    युवाले भविष्य नदेख्दा जेनजी आन्दोलन

    १ दिन अगाडि

    पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न माग

    ४ दिन अगाडि

    चुनावपछि रुपन्देही २ का उम्मेदवार पाैडेल र पाण्डेबीच भेटवार्ता

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.