Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पाल्पा २ मा बिजयी रास्वपा उम्मेदवार को हुन् डा.माधव थापा ?

    १ दिन अगाडि

    विष्णु पौडेललाई पराजीत गर्ने को हुन् सुलभ खरेल ?

    २ दिन अगाडि

    नयाँ मतदाताले खाेजे परिवर्तन

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पाल्पा २ मा बिजयी रास्वपा उम्मेदवार को हुन् डा.माधव थापा ?
    breaking news

    पाल्पा २ मा बिजयी रास्वपा उम्मेदवार को हुन् डा.माधव थापा ?

    मिलापत्रमिलापत्र१ दिन अगाडिUpdated:१ दिन अगाडि45 Views

    भुवन कार्की
    बुटवल, २४ फागुन । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले फराकिलो मतान्तरले बिजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली पुराना अनुभवी नेताहरुलाई पछि पार्दै जीत हासिल गर्नुभएको हो ।
    रास्वपा प्रवेश गरेपछि पहिलो प्रयासमै उहाँले निर्वाचन जित्न सफल हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धी काँग्रेसका नेता हिमालदत्त श्रेष्ठलाई फराकिलो मतान्तरले पराजीत गर्नुभएको छ । हिमालदत्तले १२ हजार १९२ मत प्राप्त गर्दा थापाले २६ हजार ७३६ मत लिएर निर्वाचन जित्नुभएको छ । त्यसैगरी एमाले उम्मेदवार ठाकुर गैरेले. १० हजार ५०३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदार सोमप्रसाद पाण्डेयले.५ हजार २८८ मत प्राप्त गर्नुभएको छ ।
    को हुन् डा. माधव थापा ?
    पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ बतासेमा वि.सं. २०३७ साल कात्तिक ४ गते जन्मिनु भएका डा. माधव थापा स्वास्थ्य क्षेत्रका एक कुशल नक्षत्रको रुपमा परिचित अनुहार हो । सामान्य किसानी परिवारमा जन्मिनुभएका थापाले लामो संघर्षपछि राजनीतिक जीवन पनि सुरु गर्नुभएको हो ।
    हुन त विगत १५ बर्षदेखि नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिमा पनि भाग लिंदै आउनुभएका थापाले अहिले भने रास्वपा प्रवेश गरेर राजनीतिक उचाई बढाउने अवसर प्राप्त गर्नुभएको छ । रास्वपा प्रवेश गरेको छोटो अवधिमै उम्मेद्वार समेत बन्ने अवसर पाउनुभएका डा. थापा चुनावी प्रतिस्पर्धामा खरो उत्रिनुभएको छ । सुशासन, सामाजिक न्याय, भ्रष्टाचार निवारण र दिगो विकासका लागि काम गर्ने अठोट लिएको उहाँले बताउनुभयो । आफ्नो जीत समग्र पाल्पाबासीको जीत भएको भन्दै थप जिम्मेवारीसहित आफूले काम गर्ने उहाँको भनाई छ ।
    डा. थापाले बदलिंदो राजनीतिक परिस्थिति अनुसार युवा तथा जेन्जी आन्दोलनको भावना अनुसार काम गर्ने चाहना अनुरुप उम्मेद्वारी दिएको उल्लेख गर्नुभयो । विशेषगरी देशबाट युवा पलायन रोक्न र देशमै केही गर्न सकिन्छ भन्ने ध्ययका साथ रोजगारमूलक नीति कार्यक्रमहरु ल्याउन जरुरी रहेको उहाँको भनाई छ ।
    स्वस्थ्य क्षेत्रका साथै सामाजिक सेवाको क्षेत्रमा लागेर बुटवलमा घेरै चर्चा कमाउनुभएका थापाले होमियोप्याथिक चिकित्सामा विज्ञता हासिल गर्नुभएको छ । आरकेडीएम होमियोप्याथिक अस्पताल मध्यप्रेश भारतबाट होमियोप्याथिक चिकित्सा सम्बन्धी अध्ययन गर्नुभएका थापाले थुप्रै पक्षघातबाट बिरामीहरुको जीवन बचाएको अनुभव सुनाउनुहुन्छ । माध्यामिक तहसम्मको शिक्षा पाल्पा रिब्दीकोटको कुसुमखोलामा हासिल गर्नुभएका थापाले चिकित्सा विज्ञानको अध्ययन भने भारतमा गर्नुभएको हो ।
    बुटवलमा कालिका होमियोप्याथिक अस्पताल संचालन गर्नुभएका डा. थापाले कोभिड १९ को बेला विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा रोगप्रतिरोधात्मक औषधिको निःशुल्क वितरण गरेको बताउनुभयो । लुम्बिनी प्रदेशमा हजारौं मानिसलाई औषधि वितरण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
    आफ्नो जीतपछि प्रतिक्रिया दिदैं थापाले मतदातालाई धन्यबाद दिनुभयो । परिवर्तनको पक्षमा काम गर्ने उद्घोष गर्नुभयो । बिजयलाई उत्सव भन्दा पनि सेवाको रुपमा लिएर जनताको सुखदुःखमा साथ दिने तथा विकाससंग जोडिने उल्लेख गर्नुभयो ।
    अहिले रास्वपाले लिएको देशब्यापी अभियानमा आफू जोडिन पाउँदा खुसी लागेको बताउने डा. माघव थापाले जेन्जी आन्दोलनको मर्म अनुसार संसदीय प्रणालीद्धारा पार्टीका आधारभूत मान्यता र एजेण्डाहरुलाई स्थापित गर्न आफू दृढ रहेको बताउनुभयो । पाल्पा क्षेत्र नं. २ का जनताले चाहेको विकास र समृद्धिको चाहना पुरा गर्न आफू प्रतिबद्ध रहेको उहाँ बताउनुहुन्छ ।

    Related Posts

    विष्णु पौडेललाई पराजीत गर्ने को हुन् सुलभ खरेल ?

    २ दिन अगाडि

    नयाँ मतदाताले खाेजे परिवर्तन

    ३ दिन अगाडि

    रुपन्देही २ का उम्मेदवार विश्वदीपको पक्षमा विशाल र्याली

    ७ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ९ महिना अगाडि388 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ८ महिना अगाडि240 Views

    आफ्नै कार्यकर्ताले साथ छोडेपछि रुपन्देही-२ मा विष्णु पौडेललाई सकस

    १ महिना अगाडि230 Views

    पाल्पा–२ मा रास्वपा उम्मेदवार थापालाई मतदाताको हौसला

    ४ हप्ता अगाडि225 Views
    Don't Miss

    पाल्पा २ मा बिजयी रास्वपा उम्मेदवार को हुन् डा.माधव थापा ?

    breaking news १ दिन अगाडि

    भुवन कार्की बुटवल, २४ फागुन । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पाल्पा क्षेत्र नं. २…

    विष्णु पौडेललाई पराजीत गर्ने को हुन् सुलभ खरेल ?

    २ दिन अगाडि

    नयाँ मतदाताले खाेजे परिवर्तन

    ३ दिन अगाडि

    रुपन्देही २ का उम्मेदवार विश्वदीपको पक्षमा विशाल र्याली

    ७ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.