Author: admin

हालै परेको अविरल वर्षासँगैको बाढी पहिरो प्रभावितलाई सहयोगार्थ प्राइम बैंकले ३१ लाख रुपैयाँ  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मालाई रकम हस्तान्तरण गरे ।

Read More

धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।

Read More

विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्नभिन्न प्रतिभा प्रदर्शन गरेका छन् । राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाइस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वर्ल्ड २०२४ मा सहभागी २९ विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायतका आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी झाले गराए ।…

Read More

मन्त्रिपरिषद् गठन भएको ३ महिना पुग्न लाग्दासमेत केपी ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । असार ३१ गते नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा)का दुवै समूह, जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा) लगायत साना दलको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

Read More

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् ।

Read More

२०७० सालतिर एउटा गाडी किनेर काठमाडौं बूढानीलकण्ठका सूर्य स्याङ्तान फाट्टफुट्ट सामान बोक्ने काम गर्दै आएका थिए । जेनतेन पेशा चलेकै थियो । तर, सरकारी सामान ओसारपसार गर्ने काम मिले सजिलो हुने र नियमित आम्दानी पनि हुन्छ भन्ने सुनेकाले उनी बेलाबखत पत्रपत्रिकातिर आँखा पनि डुलाइरहन्थे । एकदिन तामाङको आँखा वैदेशिक रोजगार बोर्डले निकालेको एउटा विज्ञापनमा पर्‍यो । बोर्डले ‘विदेशबाट आउने शव ढुवानीका लागि आवेदन दिन’ सूचना निकालेको थियो । तामाङले पनि ‘बुद्धछाप ढुवानी सेवा’ दर्ता गरे र तुरुन्तै आवेदन दिए । ‘अलिक अनौठै काम लाग्यो । तर पनि निवेदन हालें । जीवनमा यसरी शव बोक्दै हिंड्नुपर्ला भन्ने त लागेको थिएन’ तामाङले…

Read More

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले भेट गरेका छन्। आइतबार काठमाडौं महानगरपालिकाको कार्यालय पुगेर राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले मेयर साहसँग भेट गरेका हुन् ।

Read More

व्यक्तिगत तथा व्यवसायिक सन्देश प्रवाहका लागि उपयोग गरिने मेसेजिङ एपमध्ये ह्वाट्सएप सबैभन्दा लोकप्रिय माध्यमको रुपमा विश्वभर नै प्रयोगमा रहेको छ । ह्वाट्सएपमा कसैलाई मेसेज पठाउनु पर्दा सुरुमा उसको फोन नम्बर सेभ गर्नु एउटा सामान्य अभ्यास हो । तथापि केही त्यस्ता तरिकाहरू छन् जसलाई अपनाउनुभयो भने तपाईंले मोबाइलमा फोन नम्बर नै सेभ नगरिकन ह्वाट्सएप मेसेज पठाउन सक्नुहुन्छ । त्यसमध्ये ३ वटा तरिका यी हुन् : १. टेक्स्ट मेसेज सिधै ह्वाट्सएप मार्फत् सिधै पठाउने टेक्स्ट मेसेज पठाउँदा फोनको मेसेज एपको साटो ह्वाट्सएप एप को प्रयोग गर्नु सबैभन्दा सजिलो उपाय हो । यसका लागि : आफूले मेसेज पठाउन चाहेको प्रापकको मोबाइल नम्बर कपी…

Read More

संघीय संसदलाई संसदीय मैत्री समूह गठनका लागि सकस परेको छ । मैत्री समूहको नेतृत्वमा राजनीतिक दलहरूका बीचमा भागबन्डा नमिल्दा समस्या भएको हो । संसद सचिवालयका अनुसार ४२ देशमा मैत्री समूह गठनको गृहकार्य भइरहेको छ । ‘पहिले संसदीय विषयगत समिति गठनको विषय महत्वपूर्ण थियो । त्यो भएपछि मैत्री समूह पनि गठन गरौं भनेर अगाडि बढेको हो’, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने । संघीय संसद सचिवालयले प्रतिनिधि सभाका २७५ र राष्ट्रिय समूहका ५९ जनालाई एकै ठाउँमा राखेर ४२ वटा देशमा गठन हुने मैत्री समूहमा रहने सदस्य संख्या टुंगो लगाएको छ । कुनै देशमा सात र कुनै देशमा आठ जना सदस्य…

Read More

नेपाल एयरलाइन्सले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ । आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज नि:शुल्क बोक्ने समेत नेवानिले जनाएको छ । सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ । यस उडानका लागि निगमको कार्यालय,…

Read More