Demo

संघीय संसदलाई संसदीय मैत्री समूह गठनका लागि सकस परेको छ । मैत्री समूहको नेतृत्वमा राजनीतिक दलहरूका बीचमा भागबन्डा नमिल्दा समस्या भएको हो ।

संसद सचिवालयका अनुसार ४२ देशमा मैत्री समूह गठनको गृहकार्य भइरहेको छ । ‘पहिले संसदीय विषयगत समिति गठनको विषय महत्वपूर्ण थियो । त्यो भएपछि मैत्री समूह पनि गठन गरौं भनेर अगाडि बढेको हो’, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।

संघीय संसद सचिवालयले प्रतिनिधि सभाका २७५ र राष्ट्रिय समूहका ५९ जनालाई एकै ठाउँमा राखेर ४२ वटा देशमा गठन हुने मैत्री समूहमा रहने सदस्य संख्या टुंगो लगाएको छ । कुनै देशमा सात र कुनै देशमा आठ जना सदस्य रहने गरी सदस्य संख्याको टुंगो लागेको हो ।

संघीय संसदमा रहेको दलहरूको सदस्य संख्याको आधारमा कति वटा देशको नेतृत्व पाउने भनेर समेत तय गरिदिएको छ । कांग्रेसले १४, एमालेले १२, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ वटा देशको नेतृत्व पाउने सचिवालयको सूचि छ । बाँकी देशका लागि अन्य दलले पाउने गरी संसद सचिवालयले दिएको सूचिका आधारमा मैत्री समूहको नेतृत्वका लागि दलहरू छलफलमा छन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Eamil id:- milapatranews@gmail.com
Phone No:- 9851161546

Our team

प्रबन्ध संचालक : एस.डी.काेईराला
कार्यकारी सम्पादक : भुवन कार्की
© 2024 Milapatra Khabar. Designed by Ignite Infosys.