Demo

फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकज विक्रम नेम्पाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले आईतबार टोलीलाई बिदाइ गरेका हुन् ।
नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ ।

दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्नेछ । नेपालले युएईविरुद्ध जुन ६ र यमनविरुद्ध जुन ११ मा खेल्दैछ ।
दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ ।

नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि न्युट्रल भेन्यू अर्थात् साउदी अरबमा खेल्न लागेको हो ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Eamil id:- milapatranews@gmail.com
Phone No:- 9851161546

Our team

प्रबन्ध संचालक : एस.डी.काेईराला
कार्यकारी सम्पादक : भुवन कार्की
© 2024 Milapatra Khabar. Designed by Ignite Infosys.