गजल

313

सुनिता भूसाल

तिम्रो यादले आफ्नै छाती चर्किँदानी खुसी भएँ ।
आँखाबाट अश्रु धारा दर्किँदानी खुसी भएँ ।

छल गर्यौ भेट्न बोलाई पर्खाइमा थाकेँ म त ,
भेट्न जाँदा खाली हात फर्किँदानी खुसी भएँ ।

पाउनु मात्र माया हैन गुमाउँनुनी माया रैछ ,
अर्कौको काखमा तिमी लर्किँदानी खुसी भएँ ।

कति सोझो मन मेरो सधैं तिम्रो खुसी चाहे ,
बिना गल्ति बिना कारण तर्किँदानी खुसी भएँ ।

सधैं मिठो बोलिरहेँ त्यो मन दुख्ला भनि ,
उल्टै मलाई गाली गरी झर्किँदानी खुसी भएँ ।