ब्यवसायी बुलुका हत्यारा पक्राउ

613

रूपन्देही, चैत २१ गते । रुपन्देहीको देवदहका फर्निचर ब्यबसायी बलु पौडेललाई गोली हानी हत्या गर्ने हत्यारा सुवास गुरुङ लामो समयपछि पक्राउ परेका छन् ।
पक्राउ परेका गुरुङलाई प्रहरीले बुधबार बुटवलमा सार्वजनिक गरेको छ । उनी पोखराबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
बिबेक भनिने २१ वर्षका सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएपनि उनको स्थायी घर भने लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार भएको प्रहरीले बताएको छ ।
पैसाको लोभमा आफुले बलुलाई गोली हानेको सुवासले प्रहरीसंग स्वीकार गरेका छन् । उनले गोली हानेपछि १ लाख रुपैंया समेत बुझेका प्रहरीले बताएको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार गुन्डा नाइके मनोज पुनको समूहले बलुलाइ ०७४ पुस २१ गते बलुको गोली हानेर हत्या गरेको थियो ।
पक्राउ परेका सुवासलाइ कर्तब्य ज्यान, हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाहि हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केशब भट्टराइले बताउनुभयो ।

पौडेल हत्यामा संलग्न दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पौडेल हत्याका मुख्य योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसंगको मुठभेडमा मारिइसकेका छन् ।