थ्रि स्टारले जिल्यो १५ लाखको उपाधी

316

रूपन्देही, चैत १९ गते । थ्रि स्टार क्लब ललितपुरले सर्वाधिक धनराशिको मदनभण्डारी अन्तराष्ट्रिय गोल्डकप २०७४ को उपाधी चुमेको छ । चर्चित मनाङ्ग मस्याङदी क्लब काण्ठमाडौंलाई २—१ गोल अन्तरले हराउँदै थ्रि स्टारले उपाधि कब्जा गरेको हो ।
थ्रिस्टारले १५ लाख नगद सहित कप मेडल प्राप्त गरेको छ । मनाङले भने ७ लाख ५० हजार नगद र कपल मेडलमा चित्त बुझायो । खेलको २ मिनेटमा मनाङका बिशाल रानाले गोल गरे । दोस्रो हाफमा रुस्लान थ्रिस्टारका अनन्त तामाङले गोल गरेर बराबारी पु¥याए । सुनिल बलको पासमा तामाङले ६९ औं मिनेटमा गोल गरेका हुन । दोस्रो हाफमा दुवै टिम निकै आक्रामक रुपमा खेलमैदानमा उत्रेका थिए । मार्टिनले खेलको ८२ औं मिनेटमा एक गोल गरेर थ्री स्टार खेललाई अग्रता दिलाए । खेलमा ७ औं मिनेटमा मनाङका सुजन श्रेष्ठले पहिलो पहेलो कार्ड पाए । १९ औं मिनेटमा थ्रिस्टारका विजय धिमाल,३६ औं मिनेटमा थ्रिस्टारकै विजय चेम्जोङ्ग, ४५ औं मिनेटमा मनाङ्गका डोना थापाले पहेलो कार्ड पाए । त्यसपछि लगातार खेलमा थ्रिस्टारका विमल घर्तीमगर, पिटर र मनाङ्गका सुजल श्रेष्ठले पहेलो कार्ड पाए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मनाङ्ग मस्याङदीका अज्जन बिष्टले नगद ५० हजार सहित कप मेडल प्राप्त गरेका छन । यसैगरि प्रतियोगिताको दुई सेमिफाईनलमा पुग्ने आयोजक मदन भण्डारी स्पोर्टिङ एकेडेमी र बुटवलको सुनौलो संगम युवा क्लबले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन् । मदन भण्डारी स्र्पोट्स एकेडेमी प्रदेश ५ को आयोजनामा चैत ९ गतेदेखि बुटवलमा तेस्रो अन्तराष्ट्रिय मदनभण्डारी गोल्डकप भएको थियो । प्रतियोगितामा विभागिक टिम नेपाला आर्मी, नेपाल प्रहरी, रुस्लान थ्रिस्टार, एपिएफ, मनाङ मस्र्याङदी, मदनभण्डारी एकेडेमी, सुनौलौ संगम, झाप ११, सुदुर पश्चिम ११ र मलेसियाको हिमालय एफसिको सहभागिता रहेको थियो ।