एकेडेमीलाई हराउँदै थ्रि स्टार फाइनलमा

362

फाइनलमा थ्रि स्टार र मनाङ भिड्ने
रूपन्देही, चैत १८ गते । बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटवल प्रतियोगितामा २०७४ अन्तरगत आईतबार भएको सेमीफाइनल खेलमा आयोजक मदनभण्डारी स्पोर्टस एकेडेमी काठमाडौलाई हराउँदै थ्रि स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ३५ औं मिनेटमा थ्रि स्टारका बुद्ध चेम्जोङले गोल गरे भने एकेडेमीकोतर्फबाट दुबै हाफमा गोल हुन सकेन । उक्त खेलमा दश हजार रुपैयाँ पुरस्कारसहित थ्रि स्टारका पिटर म्यान अफ् द म्याच भए ।
प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो २ बजे हुने आयोजकले जनाएका छन् । फाइनलमा थ्रि स्टार क्लब र मनाङ मस्र्याङदी भिड्ने छन् । सेमीफाइनलबाट बाहिरीए पनि मदनभण्डारी स्पोर्टस एकेडेमीले ५० हजार नगद प्राप्त गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा भएको प्रतियोगितामा प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।