मनाङ्ग मस्याङ्गदीको सानदार जीत

385

रूपन्देही, चैत १७ । बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटवल प्रतियोगितामा मनाङ्ग मस्याङ्गदी क्लब फाइनलमा प्रवेश गरेको छ । बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माध्यमिक बिद्यालयको मैदानमा शनिबार अपरान्ह भएको खेलमा रुपन्देहीको सुनौलो संगम युवा क्लबलाई शुन्यका बिरुद्ध ५ गोल गरी फाइनलमा प्रबेश गरेको हो ।
खेलमा सुजल श्रेष्ठले ३ गोल गरेका थिए भने अञ्जन बिष्टले २ गोल गरे । खेलको २७ औं, ५८ औं र ८९ औ मिनेटमा गोल गरेका श्रेष्ठ नै म्यान अफ दी म्याच भएका छन् । श्रेष्ठ १० हजार नगद सहित पुरस्कृत भएका छन् । बिष्टले ३१ औं र ६६ औं मिनेटमा गोल गरेका थिए । शनिबारको खेलमा स्थानीय सुनौलो संगमका आषिश गुरुङंले सक्रियतापूर्वक खेल नखेलेको आरोप प्रयक्षदर्शीहरुले लगाएका छन् । बिगतका प्रतियोगितामा उत्कृष्ट खेल्ने गुरुगं यो खेलमा खासै जाँगरका साथ खेलेका थिएनन् । मनाङ्ग मस्याङ्गदीका पूर्व खेलाडी गुरुगंलाई मनाङ्ग मस्याङ्गदीले प्रलोभन दिलायो कि भन्ने आशंका समेत प्रत्यक्षदर्शीहरुले गरेका थिए । सेमिफाइनलबाट बाहिरीए पनि सुनौलो संगमले ५० हजार नगद प्राप्त गरेको छ । शुक्रबार स्थगित आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र रुस्लान थ्रीस्टार क्लब बिचको खेल आईतबार हुनेछ ।