थ्रीस्टारद्धारा हिमालयन एफ्सी पराजीत

586

रूपन्देही, चैत १४ । निकै प्रतिस्पर्धात्मक खेलमा हिमालयन एफसी मलेसियालाई पराजित गर्दै थ्री स्टार क्लव बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्रािष्ट्रय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा हिमालय एफ सी मलेसियालाइ २–१ ले हराउँदै थ्रि स्टार सेमिफाईनलमा प्रबेश गरेको हो अब थ्री स्टारले चैत १६ गते पहिलो सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस संग प्रतिस्पर्धा गर्नेछ ।
हिमालयन एफसीले दोस्रो हाफको ४१ औं मिनेटमा तिर्थ बस्नेतको गोलबाट अग्रता बनाएको थियो । तर त्यसको २ मिनेटमै थ्री स्टारका विदेशी खेलाडी लावलले उत्कृष्ट गोल गर्दे खेललाई १–१ को बराबरीमा पु¥याए । तर ईन्जुरी समयमा थ्री स्टारका मार्टिनले गोल गर्दै टिमलाई २–१ को स्थितिमा पु¥याए ।
प्रतियोगिता प्रथम हुँनेले नगद १५ लाख, द्धितीय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत चैत १५ गते अन्तिम क्वाटरफाईल खेलमा ए डिभिजन क्लव मनाङ मस्याङदी र विभागीय टिम नेपाल पुलिस क्वलका बीच हुनेछ ।