आर्मीलाई हाराउँदै एकेडेमी सेमिफाईनलमा

370

रूपन्देही, चैत १२ गते । बुटवलमा जारी तेश्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा भित्रुवन आर्मी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले जीत हासिल गरेको छ ।
खेलमा पहिलो हापको १४ औं मिनेटमा आर्मीका विवेश बस्नेतले १ गोल गरे भने दोस्रो हाफ्मा आर्मीले गोल गर्न सकेन । दोस्रो हाफ्को १७ औं र २१ औं मिनेटमा मदन भण्डारी स्पोर्टस्का खेलाडी म्याक्सले २ गोल गरे भने ३० औं मिनेटमा अब्बाले १ गोल गरेर कुल ३ गोल पु¥याए । यो जितसंगै मदनभण्डारी सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा म्यान अफ द म्याच मदन भण्डारीका खेलाडी म्याक्स घोषित भए । मंगलबारको खेल सुनौलो संगम काठमाडौं र विभागीय टिम एपीएफ्बीच हुने आयोजकले जानकारी दिएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश नं. ५को आयोजनामा भएको प्रतियोगितामा प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैया पुरस्कार राखिएको छ ।