एपीएफ्को सानदार जीत

394

सोमबार आर्मी र एकेडेमी भिड्ने
रूपन्देही, चैत ११ । यहाँ जारी तेश्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तरगत आईतबारको खेलमा झापा–११ लाई ४–२ को गोलअन्तरले हराउँदै विभागीय टिम एपीएफ क्लब बिजयी बनेको छ । पहिलो हाफमा दुवै टिमले १÷१ गोल गरेका थिए भने दोस्रो हाफमा झापा ११ ले १ गोल थप्दा एपीएफ्ले ३ गोल थपेर कुल ४ गोल बनाउन सफल भयो । सोमबार भने आयोजक मदन भण्डारी स्पोर्टस् काठमाडौं र नेपाल आर्मी क्ल्बले प्रतिस्प्रर्धा गर्ने छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश नं. ५को आयोजनामा भएको प्रतियोगितामा प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैया पुरस्कार राखिएको आयोजकले जनाएका छन् । खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख बराबरको विमाको ब्यवस्था गरिएको छ । प्रतियोगितामा विभिन्न १० टिम सहभागी छन् ।