मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता जारी

542

आईतबार झापा ११ र एपीएफ् भिड्दै
रूपन्देही, चैत ११ । यस क्षेत्रमा सर्वाधिक पुरस्कार राशीको तेश्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता बुटवलमा जारी छ । शुक्रबारदेखि शुरु भएको खेल शनिबार स्थगित गरिएको थियो ।
आईतबारको खेल झापा–११ र विभागीय टिम एपीएफ्बीच हुने एकेडेमीका विकाशजंग बस्नेतले जानकारी दिए । खेल दिउँसो २ बजेदेखि बुटवलको रामनगरस्थित मानव ज्ञान माविको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले शुक्रबार गरेकी थिइन । उद्घाटन खेलमा शुक्रबार आयोजक मदनभण्डारी स्पोर्टस् एकेडेमीले सुदुरपश्चिम ११ लाई ५–१ फराकिलो गोल अन्तरले पराजीत ग¥यो । मदनभण्डारीको तर्फबाट प्रकाश बुढाथोकीले २ तथा अब्बा, विश्व अधिकारी र दिपेश आलेले १÷१ गरे भने सुदुरश्चिम ११ का पूर्णअन्जान ध्वजुले १ गोल गरे । पहिलो हाफमा १÷१ गोल गरेका यी टिममध्ये दोस्रो हाफमा भने सुदुरपश्चिम ११ ले गोल गर्न सकेन ।
मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश नं. ५को आयोजनामा शुरु भएको प्रतियोगितामा प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैया पुरस्कार राखिएको आयोजकले जनाएका छन् । खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख बराबरको विमाको ब्यवस्था गरिएको छ । प्रतियोगितामा विभिन्न १० टिम सहभागी छन् ।