सुदुरपश्चिम ११ को लज्जास्पद हार

381

तेश्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप शुरु
रूपन्देही, चैत ९ गते । यस क्षेत्रमा सर्वाधिक पुरस्कार राशीको तेश्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुक्रबारबाट बुटवलमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले गर्नुभयो ।
उद्घाटन खेलमा आयोजक मदनभण्डारी स्पोर्टस् एकेडेमीले सुदुरपश्चिम ११ लाई ५–१ फराकिलो गोल अन्तरले पराजीत ग¥यो । मदनभण्डारीको तर्फबाट प्रकाश बुढाथोकीले २ तथा अब्बा, विश्व अधिकारी र दिपेश आलेले १÷१ गरे भने सुदुरश्चिम ११ का पूर्णअन्जान ध्वजुले १ गोल गरे । पहिलो हाफमा १÷१ गोल गरेका यी टिममध्ये दोस्रो हाफमा भने सुदुरपश्चिम ११ ले गोल गर्न सकेन ।
मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश नं. ५को आयोजनामा शुरु भएको प्रतियोगितामा प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैया पुरस्कार राखिएको आयोजकले जनाएका छन् । खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख बराबरको विमाको ब्यवस्था गरिएको छ ।
प्रतियोगितामा विभिन्न १० टिम सहभागी छन् । उद्घाटन कार्यक्रममा खेलकुँद मन्त्री जगत विश्वकर्मा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, आयोजक एकेडेमीका नरबहादुर घर्ती, धु्रब आचार्य लगायतले बोल्दै खेलकुँद क्षेत्रको विकासमा सबैले चासो दिनुपर्ने उल्लेख गरे ।