५० जना युवायुवतीलाई मिक्स कुक तालिम

553

बुटवल, ३० फागुन । बुटवल उद्योग बाणिजय संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको आयोजनामा मंगलबारदेखि संघ सचिवालयमा ३ महिने कुक तालिम सुरु भएको छ ।
एसियन स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेण्टको सहयोगमा ३ सय ९० घण्टा चल्ने मिक्स कुक तालिममा ५ नम्वर प्रदेशका बिभिन्न जिल्लाका ५० युवा युवतिको सहभागिता रहेको छ ।
तालिमको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले बिश्वका जुनसुकै देशमा पनि दक्ष कुकको बजार अत्यधिक रहेको उल्लेख गर्दै रुपन्देही जिल्लामा स्तरीय पर्यटन संगै कुकको आवश्यकता भबिष्यमा निकै धेरै रहेको बताउनु भयो ।
उहाले तालिमलाई बिदेश जाने प्रमाणपत्रका रुपमा नलिई उद्यमीका रुपमा लिएर सिक्न आग्रह गर्नुभयो । सीप बिकास तालिम केन्द्रका प्रमुख बालकृष्ण पौडेलले युवाहरुलाई व्यवसायीक सीप दिई आयआर्जनमा सहभागि गराउन सरकारले सीपमुलक तालिमलाई प्राथमिकता दिएको बताउनु भयो ।
होटल म्यानेजमेण्टका प्रबन्ध निर्देशक जीएस गुरुगंले रुपन्देहीमा दैनिक ४।५ वटा होटलले दक्ष कुक माग गरीरहेकाले काको कुनै समस्या नरहनेको बताउदै निशुल्क रुपमा दिइएको यो तालिम बाहिर २५ हजार शुल्कमा लिनुपर्ने जानकारी गराउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालले युवा तथा व्यवसायीलाई दक्ष बनाउनु आफुले सरकारी तथा गैर सरकारी सस्थाहरुसंग मिलेर यस्ता तालिमहरु निरन्तर चलाई रहने बताउनु भयो ।
कार्यक्रममा बुटवल औद्योगिक क्षेत्रका पुर्व प्रवन्धक रत्नहरी गौतम, संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, सचिव कमल पौडेल, मुख्य प्रशिक्षक इश्वरमान थापा लगायतले बोल्नु भएको थियो ।
यसैबिच
बुटवल उद्योग वाणिज्य संघले सोमबार भैरहवामा व्यवसायी हरीश सेठिया माथि भएको गोली प्रहारको घटनाको निन्दा गरेको छ ।
संघका अध्यक्ष खिम बहादुर हमालले आज एक बिज्ञप्ति प्रकाशित गरी घटनामा सम्लग्न फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न र दोषिलाई कडा कारवाही गर्न माग गर्नु भएको छ । उहाले व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिलाउन पनि प्रशासनसंग आग्रह गर्नु भएको छ ।