२० औं तिलोत्तमा गोल्ड कप विहीबारदेखि

561

रूपन्देही, फागुन २३ । रूपन्देही जिल्ला फुटवल संघले विहीबार गतेदेखि सञ्चालन गर्न लागेको २० औं तिलोत्तमा गोल्ड कप नक आउट फुटवल प्रतियोगिता २०७४ को तयारी पुरा भएको जनाएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जानकारी दिएको हो ।
यसैबीच संघले एक वर्षअवधिका लागि रुपन्देहीको यशोदा फुड्स प्रा.लि.संग मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ । बुधबार प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेल र रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसीले बीच सम्झौता पत्रमा हस्ताक्ष भएको छ । लाली र करेन्ट नामका च्याउच्याउ उत्पादन गरेको प्रालिले आफ्नो उत्पादनको प्रचारमा टेवा पुग्ने उद्देश्यले मुख्य प्रायोजक बनेको हो ।
बुटवलस्थित देविनगरको एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा प्रथम हुने टिमले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो पुरस्कार ४ लाख ४४ हजार ४ सय ४४ रहेको छ ।
त्यस्तै सर्वोत्कृट खेलाडीलाई एक थान मोटरसाईकल, उत्कृष्ट फरवार्डलाई २१ हजार १ सय ११, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर,उत्कृट डिफेन्स र उत्कृट कोचलाई २१ हजार १ सय ११ को दरले पुरस्कार दिइने छ । यस प्रतियोगितामा नेपालका विभिन्न १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।