स्थानीय सरकारहरू मिडियामैत्री बन्नुपर्ने

555

रूपन्देही, माघ ६ गते । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले स्थानीय सरकारहरु मिडियामैत्री बन्न नसेकेको बताएका छन् । स्थानीय संरचना र सरकार बनउँदा मिडियामैत्री बन्नुपर्ने उल्लेख गरे । मिडियाले वाचडगको रुपमा रचनात्मक भुमिकामा काम गर्नुपर्ने उनले बताए ।
मोफसलबाट पनि राजधानीका मिडियासंग प्रतिपष्र्धा गर्न सक्ने मिडियाहरु जन्मेको भन्दै यस्ता मिडिया बचाउन स्थानीय निकायको पनि नैतिक कर्तब्य हुने उनको भनाई थियो । बुटवल पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित बुटवल टुडे राष्ट्रिय दैनिकको छैटौं वार्षिकोत्सवमा बोल्दै शनिबार आचार्यले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रेस काउन्सीलका कार्यबहाक अध्यक्ष कशोर श्रेष्ठले प्रिन्टी मिडिया डाईनोशर जस्तै लोप हुँदै गएको बेला मोफसलका मिडिया टिक्नसक्नु पनि ठूलो उपलब्धी भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बुटवल टुडेले स्थानीय सरकारको ६ महिनाको विषयमा अन्तरसंवाद कार्यक्रम ग¥यो । कार्यक्रममा रुपन्देहीका १ वटा उपमहानगरपालिका, ५ वटा नगरपालिकाका प्रमुखहरुको सहभागीता रहेको थियो ।