अन्तराष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट

363

रूपन्देही, पुस १० । भारतको नयाँ दिल्लीस्थित तालकोटा रंगशालामा पुस १३ र १४ ९डिसेम्बर २८ र २९ ० मा हुन गईरहेको तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सीङ च्याम्पीयनसीप प्रतियोगिताको लागी नेपालबाट भाग लिने खेलाडी छनौट भएका छन् ।
रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गरी नेपालको तर्फबाट दिल्लीमा हुन गईरहेको प्रतियोगितामा भाग लिने प्रतियोगी र अफीसीयल सार्वजनिक गरिएको हो ।
उक्त प्रतियोगितामा पश्चिमान्चल करातें महासंघका अध्यक्ष भरतबहादुर के।सी। र जापन गोजु रियो कराते डो मिसन संघ नेपालका चिफ कोच तथा फाउन्डर के। बि राना ९काजी० को नेतृत्वमा नेपाली टोलीले सहभागीता जनाउन लागेको हो ।
नेपाल सहित भारत, श्रीलंका, भुटान, बंगलादेश र माल्दीभ्सका खेलाडीबीच हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग ९२५ केजी समुह०, प्रीयंका थापा ९ ४० केजी समुह० , प्रशान्त थापा ९ ३० केजी समुह० र प्रसुन शाही ९ ३५ केजी समुह० ले प्रतिसपर्धा गर्ने भएका छन् ।
यसैगरी १४ वर्ष उमेर समुहमा दिबीन गुरुंग ९३५ केजी समुह० कृतिमा गौतम ९४० केजी समुह० , रिजन पाण्डे ९ ४० केजी समुह० , शिबम बस्नेत ९ ५० केजी समुह० र एलिसा घिमिरे ९४० केजी समुह ० रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना ९५० केजी समुह० , सुमन परियार ९६० केजी समुह० , कनिशाक राना ९५५ केजी समुह० , सिबानी बस्नेत ९ ४५ केजी समुह० , विपना जिएम ९५५ उमेर समुह० र सुस्मा पान्डे ९५० केजी समुह० बाट प्रतिसपर्धा गर्दैछन् ।
नेपालको तर्फबाट सहभागी हुने उक्त टोलीको छनौट गएको मंसिर १८ र १९ गते भएको थियो ।