उपत्यकामा दैनिक १८ सयले मिच्छन् ट्राफिक नियम !

484

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ८ सय ७४ जना सवारी चालक एक दिनमा पक्राउ परेका छन् । आईतबार बिहानदेखि रातिसम्म उपत्यकाका विभिन्न स्थानबाट १८४४ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।

जसमध्ये लेन अनुशासन उल्लङघन गर्ने ४९६ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ३१२ जना सवारी चालक रहेका छन् ।

त्यस्तै सडक तथा फुटपाथमा पार्किङ्ग गर्ने १३८ जना, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८० जना, अनावश्यक हर्न बजाउने ४९ जना, ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका २० जना र बढी धुवाँ फाल्ने गाडी चलाउने ७ जना चालकलाई पनि ट्राफिक प्रहरीले आईतबार मात्र कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाखाले जनाएको छ ।